अमेरिकाद्वारा युक्रेनलाई ७२ करोड ५० लाख डलर सहयोग
संयुक्त राज्य अमेरिकाले २०२२ फेब्रुअरी–२४ देखि युक्रेनविरुद्ध चलिरहेको सैन्य अपरेसनको लागि ठुलो मात्रामा मिसाइलसहित ७२ करोड ५० लाख मिलियन डलरको अतिरिक्त सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।
भारतमा पहिरोमा फसेका चारवटा शव फेला
भारतको दक्षिणी राज्य तमिलनाडुमा उद्धारकर्ताहरूले पहिरोमा फसेका चारवटा शव निकालेको बताएका छन् ।
ईयुले साइबर सुरक्षा बलियो बनाउन नयाँ कानुन अपनाउने
युरोपेली सङ्घ (ईयु) काउन्सिलले साइबर खतराप्रति उद्धार बनी सदस्य राष्ट्रहरूबिच बलियो साइबर ऐक्यबद्धता प्रवर्द्धन गर्ने उद्देश्यले सोमबार दुईवटा नयाँ कानुन पारित गरेको छ ।
दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ ।
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ ।
अलेप्पो वरपरका कुर्दिस समुदायलाई सुरक्षित स्थलमा राख्न चाहेको कुर्दिस समूहको भनाइ
सिरियामा अमेरिका समर्थित कुर्द नेतृत्वको सेनाले अलेप्पो वरपरका कुर्दहरुलाई आफ्नो नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न खोजिरहेको बताएको छ ।
फुटबल खेलमा भागदौड मच्चिँदा गिनीमा ५६ जनाको मृत्यु
गिनीको दोस्रो ठुलो सहर एन’जेरेकोरमा एक फुटबल खेलमा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु भएको गिनीको जुन्ता नियन्त्रित सरकारले सोमबार जानकारी दिएको छ ।
प्लास्टिक प्रदूषणसम्बन्धी वार्ता निष्कर्षमा पुग्न सकेन
संयुक्त राष्ट्रसङ्घका वातावरण प्रमुख इन्गर एन्डरसनले ऐतिहासिक प्लास्टिक प्रदूषण सन्धिका लागि भएको वार्ता निष्कर्षमा पुग्न नसकेको बताउनुभएको छ ।
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्याण्डका वैज्ञानिक
न्युजिल्याण्डका वैज्ञानिकहरूले सोमबारदेखि विश्वकै दुर्लभ मानिएको ह्वेलको विश्लेषण सुरु गरेका छन् । न्यूजिल्याण्डको साउथ आइल्याण्डमा यसै वर्षको सुरुमा मृत भेटिएको कोदालीपाते दाँत भएको र चुच्चो मुख भएको समुद्रको गहिराइमा बस्ने स्तनपायी जनावर ह्वेलको अध्ययन गर्ने मौका मिलेको हो ।
बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबिच सम्झौता
एसियाली विकास बैङ्क (एडिबी) ले सोमबार बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको वित्तीय प्याकेजमा हस्ताक्षर गरेको छ ।
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख छ ।
चीनमा एआई प्रयोगकर्ताको सङ्ख्या २३ करोड पुग्ने प्रक्षेपण
शनिबार जारी गरिएको प्रतिवेदनमा चीनमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगकर्ता सङ्ख्या जुन सन् २०२४ सम्ममा २३ करोड पुग्ने प्रक्षेपण गरिएको थियो ।
बङ्गलादेशमा पूर्व प्रधानमन्त्रीमाथि ग्रेनेड आक्रमणको अभियोग खारेज
पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध सन् २००४ को घातक ग्रेनेड आक्रमणको मास्टरमाइन्डको आरोपमा एक शीर्ष बङ्गलादेशी राजनीतिज्ञलाई दोषमुक्त गरिएको छ ।
पुटिनद्वारा सन् २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गर्नुभएको छ । उहाँले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि स्वीकृत गर्नुभएको छ ।
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकुको मृत्यु
छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ ।
एफबिआईको नेतृत्व काश पटेललाई दिने ट्रम्पको घोषणा
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई)को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताउनुभएको छ ।
फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु
भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
सिरियाको अलेप्पो सहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा
सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेका छन् । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।
गाजा युद्धविराम वार्ताका लागि हमास प्रतिनिधिमण्डल छलफलमा
गाजा पट्टीमा युद्धविराम सम्झौतामा इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कायरो आइपुग्नेछ ।
मलेसियामा बाढीका कारण एक लाख भन्दा बढी मानिस विस्थापित
मलेसियाका उत्तरी राज्यहरूमा अविरल वर्षापछि आएको बाढीका कारण एक लाख २२ हजार भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
म्यानमामा ३१ जना थाई चालक दलका कर्मचारी पक्राउ, एकको मृत्यु
थाई माछा मार्ने डुङ्गाका ३० भन्दा बढी चालक दलका सदस्यहरूलाई शनिबार म्यानमाको जहाजहरूसँगको भिडन्तपछि हिरासतमा लिइएको थियो ।
रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण
रुसले शनिबार बिहान सुदूर पूर्वको भोस्टोचनी कोस्मोड्रोमबाट सोयुज–२.१ ए रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उक्त उन्नत रडार टेक्नोलोजी सबै मौसम परिस्थितिमा पृथ्वीको चौबीसै घण्टा अवलोकन गर्न सक्षम छ ।
पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा थप १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।
गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार
गुगलले आफ्नो डाटा सेन्टर सञ्चालन गर्न फिनल्यान्डमा दुई करोड ७० लाख यूराेको जग्गा खरिद गरेको छ । सरकारको प्रेस विज्ञप्ति अनुसार गुगलले सन् २०११ देखि फिनल्यान्डमा डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ ।