इजरायली प्रधानमन्त्रीद्वारा सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार दमास्कसमा बशर अल–असदलाई सत्ताच्यूत गरेपछि सिरियासँगको सीमामा रहेको असैन्यीकृत बफर जोन ‘कब्जा’ गर्न इजरायली सेनालाई आदेश दिएको बताउनुभएको छ ।
सिरियालीहरूले असदका पिताको मूर्ति ढाले र कुल्चे
मुलुकभरका सिरियालीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पिता हाफेजको मूर्तिलाई ढाले र कुल्चिए । हाफेजले आफ्नो छोराले विरासतमा पाएको क्रूर सरकारी प्रणालीको स्थापना गर्नुभएको थियो ।
दमास्कसस्थित इरानी दूतावासमा आक्रमण
दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
हेगमा बम विस्फोट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।
सिरियामा बाथ शासन अन्त्य भएको घोषणा
कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा गरेका छन् ।
इराक-इरान-सिरियाली विदेशमन्त्रीबिच सिरिया द्वन्द्वबारे छलफल
इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ ।
रुस-बेलारुसबिच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर
भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबिचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गर्नुभएकाे छ ।
अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि
अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो ।
गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताउनुभएको छ ।
सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने
पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको हो ।
उज्वेकिस्तानले विश्व फेन्सिङ च्याम्पियनसिपको आयोजना गर्ने
उज्वेकिस्तानले राजधानी तास्कन्दमा सन् २०२७ विश्व फेन्सिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व फेन्सिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय फेन्सिङ महासङ्घद्वारा आयोजित फेन्सिङको वार्षिक प्रतियोगिता हो ।
कोलम्बियामा बाँध फुट्दा १२ जना घाइते, धेरै बालबालिका बेपत्ता
कोलम्बियाको ग्रामीण दक्षिणपश्चिम विभाग काउकामा बाँध भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते हुनुका साथै धेरै बालबालिका बेपत्ता भएका छन् ।
सिरियामा दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित : राष्ट्रसङ्घ
सिरियाको उत्तरपश्चिम हयात तहरीर अल-शाम (एचटीएस) को नेतृत्वमा रहेको क्षेत्रमा आक्रमणपछि दुई लाख ८० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने
पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरुको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।
नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार बढी आतङ्ककारीको हत्या
विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा सन्दिग्ध आतङ्कवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् ।
जर्मनीद्वारा इजरायलविरुद्ध एम्नेस्टीको ‘नरसंहार’ आरोप अस्वीकार
गाजामा आफ्नो सैन्य अभियानमा इजरायलले प्यालेस्टिनीहरू विरुद्ध ‘नरसंहार’ गरिरहेको छ भन्ने एम्नेस्टी इन्टरनेसनलको आरोपलाई जर्मन सरकारले शुक्रबार अस्वीकार गरेको छ ।
युनिसेफद्वारा दक्षिण सुडानी बालबालिकालाई सहयोग गर्न अपिल
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार बढ्दो मानवीय सङ्कटको बिचमा दक्षिण सुडानमा सन् २०२५ सम्मका बालबालिकालाई सहयोग गर्न अमेरिकी डलर २७ करोड ८२ लाखको तत्काल अपील गरेको छ ।
प्राकृतिक विपत्तिले तीन खर्ब १० अर्ब डलरको क्षति
प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।
देशद्रोह गरेको ठहर गर्दै दुई क्रिमिनियालीलाई जेल सजाय
युक्रेनलाई सैन्य उपकरण र पानीजहाजको गतिविधिबारे जानकारी दिएको आरोपमा मस्कोको नियन्त्रणमा रहेको क्रिमियाको एक अदालतले शुक्रबार दुई जनालाई देशद्रोहको दोषी ठहर गर्दै १३ बर्षको जेल सजाय सुनाएको छ ।
बेलायतको गार्जियन विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार बेच्न सहमत
गार्जियन मिडिया समूह (जिएमजी) ले शुक्रबार अनलाइन समाचार कम्पनी टोर्टोइज मिडियालाई विश्वको सबैभन्दा पुरानो रविबारीय अखबार द अब्जर्भर बेच्न सहमत भएको घोषणा गरेको छ ।
युरोपेली उपग्रह बोक्ने रकेट भारतद्वारा सफलतापूर्वक प्रक्षेपण
भारतको अन्तरिक्ष एजेन्सी, भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले बिहीवार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा-३ उपग्रहहरू बोक्ने पिएसएलभि-सि५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
स्पेनले पश्चिम युरोपकै ठूलो जलविद्युत आयोजना निर्माण गर्ने
स्पेनको मुख्य बिजुली उपयोगिता कम्पनी, इबेरडोलाले पश्चिमी युरोपमा सबैभन्दा ठूलो जलविद्युत पावर प्लान्ट निर्माण गर्ने भएको छ ।
कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् ।