• ६ माघ २०८१, आइतबार

एआई च्याटबोटमा गुगलको न्यूज अपडेट प्रविधि समावेश

blog

काल्पनिक चित्र

वाशिङ्गटन,  माघ ५ गते । गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स  (एआई) संचालित च्याटबोट जेमिनी मार्फत प्रयोगकर्ताहरूलाई तत्काल समाचार अद्यावधिकहरू प्रदान गर्न एसोसिएटेड प्रेस (एपी) सँग अभूतपूर्व साझेदारीको घोषणा गरेको छ ।

गुगलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर रियल–टाइम सामग्री डेलिभर गर्न टेक दिग्गज र समाचार संस्थाबीचको सहकार्यलाई पहिलो पटक वर्णन गरेको छ ।

साझेदारीको उद्देश्य जेमिनीलाई एपीबाट लाइभ अपडेटहरू प्रदान गर्ने, खोज परिणामहरूको शुद्धता बढाउने हो । गुगलले यी अपडेटहरू चाँडै जेमिनीमा एकीकृत हुने पुष्टि गरेको छ। यद्यपि बोटले हाल वास्तविक–समय समाचार अद्यावधिकहरूको अनुपलब्धतालाई सङ्केत गर्ने सन्देश प्रदर्शन गर्दछ । 

एपीका प्रमुख राजस्व अधिकारी क्रिस्टिन हेटम्यानले भन्नुभयो,“साझेदारीले विश्वव्यापी दर्शकहरूलाई समयमै र सही समाचार र जानकारी प्रदान गर्न खोजेको छ ।”  रासस, क्यूएनए