दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने
भारतीय मौसमविज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।
समुद्रमा शरणार्थी डुङ्गामै जन्मियो शिशु
स्पेनको समुद्री उद्धार सेवाका अनुसार सोमबार अफ्रिकाबाट स्पेनतर्फ गइरहेको शरणार्थी डुङ्गामा एक बालिकाको जन्म भएको छ ।
नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट २१ जनाको मृत्यु
नाइजेरियाको उत्तरपश्चिमी कात्सिना राज्यमा आपराधिक समूहको आक्रमणमा परी कम्तीमा २१ जना सरकारी लडाकू मारिएका छन् ।
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार जना कामदारको मृत्यु भएको छ ।
कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणका लागि जरिवाना
कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल तेल क्षेत्रबाट अत्यधिक ग्यास निकासी गरेकोमा तेल उद्योगहरुको एक सङ्घलाई शुक्रबार करिब छ करोड डलर भन्दा बढी जरिवाना गरेको छ ।
चीनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्र स्थापना
उत्तरपूर्वी चीनको जिलिन प्रान्त र बाँकी विश्वबिचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले शनिबार प्रान्तको राजधानी सहर चाङचुनमा अन्तर्राष्ट्रिय सञ्चार केन्द्रको उद्घाटन गरियो ।
अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द
संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ ।
कोलम्बियामा विमान दुर्घटना : १० जनाको मृत्यु
उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार पुष्टि गरेका छन् ।
जर्मनीमा भैंसीमा रोगको सङ्क्रमण
जर्मनीले शुक्रबार बर्लिन नजिकैको एउटा फार्ममा भैँसीको खुट्टा र मुख रोगको तीन वटा घटनाहरू रेकर्ड गरेको छ, जुन सन् १९८८ पछि देशमा पशुधन रोगको पहिलो घटना हो ।
विश्वका कमजोर राहदानीको स्थिति
पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोर मध्येमा परेको छ । द न्युज इन्टरनेशनलका अनुसार पासपोर्ट र्याङ्किङले पाकिस्तानी नागरिकहरूको वास्तविकतालाई उजागर गरेको छ ।
ट्रम्पसँग वार्ताका लागि पुटिन तयार
क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहनुभएको बताएको छ । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो ।
बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी
गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक इजरायली बन्धकको शव फेला परेको इजरायली सेनाले शुक्रबार पुष्टि गरेको छ ।
भेनेजुएलाका राष्ट्रपति मादुरोले शुक्रबार नयाँ कार्यकालको शपथ लिँदै
सन् २०१३ देखि सत्तामा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले शुक्रबार तेस्रो कार्यकालका लागि शपथ लिनुहुने भएको छ ।
रूसमा उडान भर्न ‘उच्च जोखिम’
युक्रेनमा जारी युद्धका बिच अजरबैजान एयरलाइन्सको विमान खसालिएको घटनापछि रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’ रहेको देखिएको युरोपेली सङ्घको उड्डयन सुरक्षा निकाय (इएसएस)ले शुक्रबार जनाएको छ ।
छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउनुहुने भएको छ ।
लस एन्जलस डढेलो : १० जनाको मृत्यु
क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस एन्जलस र वरपरका क्षेत्रमा क्यालिफोर्नियाको नेसनल गार्डका सैनिकहरुलाई परिचालन गर्ने तयारी गरिरहेको अधिकारीले बताएका छन् ।
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता गर्न चाहेको बताउनुभएको छ ।
चीनमा नयाँ एमपक्स स्ट्रेनका पाँच सङ्क्रमित फेला
चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँचवटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ ।
जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक
जिमी कार्टरको राष्ट्रिय झण्डामा लपेटिएको पार्थिव शरीर वासिङ्टनको राष्ट्रिय क्याथेड्रलमा हुने राजकीय अन्त्येष्टिका लागि अमेरिकी संसदबाट स्थानान्तरण गरिएपछि उहाँको अन्तिम यात्रा बिहीबार शुरु भयो । त्यहाँ शोकाकुल जनताले ३९औँ अमेरिकी राष्ट्रपतिप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन
दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २११ वटा परकम्पनहरु पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।
चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि
विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ ।
उत्तरी सिरियामा टर्की र कुर्दिश सेनाबिच झडप, ३७ जनाको मृत्यु
सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबिच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ ।
ट्रम्पले कार्यभार सम्हाल्नुअघि युक्रेनका सहयोगी राष्ट्रले रक्षा बैठक
यसलाई अमेरिकामा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ लिनुभन्दा पहिले हुने उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) गठबन्धन सदस्यहरूको अन्तिम बैठकका रूपमा हेरिएको छ ।