दक्षिण कोरियाका विपक्षी दलद्वारा राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता
दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीबार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल लको घोषणा गरेकोमा संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् ।
क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको भूकम्प
अमेरिकाको क्यालिफोर्नियामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
विश्व स्वास्थ्य सङ्गठनद्वारा क्षयरोगको पहिलो परीक्षणलाई स्वीकृति प्रदान
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार क्षयरोगको परीक्षणलाई पहिलो पटक अघि बढाउन स्वीकृति दिएको छ । क्षयरोगले गत वर्ष १२ लाख ५० हजार मानिसको ज्यान लिएको थियो ।
युक्रेनद्वारा सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान अस्वीकार
युक्रेनले रूससँगको युद्धका लागि सैनिक भर्ना उमेर घटाउने महत्त्वपूर्ण सहयोगी संयुक्त राज्य अमेरिकाको आह्वान अस्वीकार गर्ने निर्णय गरेको छ ।
नर्वेले किन गर्यो तालिबानी राजदूत अस्वीकार
महिला र केटीहरूको व्यवहारको विरोधमा सम्बन्धहरू यथावत रहेको अवस्थामा तालिबानद्वारा नियुक्त कुनै पनि नयाँ अफगानिस्तानी राजदूतलाई मान्यता नदिने नर्वेले बिहीबार घोषणा गरेको छ ।
युक्रेनमा रुसी तनाव बढाएकोमा ब्लिन्केनद्वारा लाभरोभको कडा आलोचना
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार रुसका विदेशमन्त्री सर्गेई लाभरोभलाई ‘गलत सूचनाको सुनामी’ फैलाएको आरोप लगाउँदै युक्रेनमा युद्ध बढाउनका लागि मस्को जिम्मेवार रहेको बताउनुभएको छ ।
दक्षिण चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा १३ जना बेपत्ता
चीनको दक्षिणी सहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
सन् २०२४ मा प्राकृतिक विपत्तिका कारण तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको क्षति
प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ ।
फ्रान्सका प्रधानमन्त्री बार्निये पदमुक्त
फ्रान्सका प्रधानमन्त्री मिशेल बार्निये पदमुक्त हुनुभएको छ । फ्रान्समा सन् १९६२ पछि पहिलो पटक अविश्वास प्रस्तावबाट सरकार ढलेको हो । अविश्वास प्रस्ताव बहुमतले पास भएपछि प्रधानमन्त्री बर्निये पदमुक्त हुनुभएको छ ।
सात सय बङ्गलादेशी कैदी अझै फरार
स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिका क्रममा गृष्मऋतुमा सामूहिक जेल भङ्ग भएपछि करिब सात सय बङ्गलादेशी जेलका कैदी अझै फरार रहेको अधिकारीहरूले बुधबार बताएका छन् ।
प्रधानमन्त्रीद्वारा चिनियाँ सङ्ग्रहालयको अवलोकन
चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।
इरानी नोबेल विजेता मोहम्मदीको अस्थायी रिहाइ ‘अपर्याप्त’ : समर्थकहरू
इरानी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीको चिकित्सा आधारमा तेहरानको जेलबाट तीन हप्ताका लागि अस्थायी रिहाइ अपर्याप्त रहेको उहाँको परिवार र समर्थकहरूले बताएका छन् । उनीहरूले मोहम्मदीको असीमित स्वतन्त्रताको माग गरेका छन् ।
हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक
प्यालेस्टिनी अधिकारीहरूले हमास र फतह युद्धपछि गाजा क्षेत्रको व्यवस्थापन गर्न राजनीतिकरुपमा स्वतन्त्र प्राविधिक सदस्यहरूको कमिटी नियुक्त गर्न निकै नजिक रहेको बताएका छन् ।
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने विपक्षीको निर्णय
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले असाधारण तर अल्पकालीन सैनिक शासन लागू गरेसँगै बुधबार सियोलले विश्वको ध्यान खिचेको छ ।
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा’ दिने प्रस्ताव
टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गर्नुभएको छ ।
चीनमा ६३ वर्षयताको सबैभन्दा गर्मी
चीनमा यो वर्षको शरदमा मौसमको रेकर्ड राख्न थालेपछिको सबैभन्दा गर्मी भएको राष्ट्रिय जलवायु केन्द्रले बुधबार घोषणा गरेको छ । चीनले सन् १९६१ देखि मौसम र तापक्रमसम्बन्धी रेकर्ड राख्न थालेको थियो ।
राष्ट्रसङ्घले सन् २०२५ मा सहायताका लागि ४७ अर्ब अमेरिकी डलर रकम माग
संयुक्त राष्ट्रसङ्घले बढ्दो द्वन्द्व र जलवायु सङ्कटका कारण लाखौँ मानिसलाई सहायताको आवश्यक पर्ने भन्दै आगामी वर्षका लागि ४७ अर्ब अमेरिकी डलरभन्दा बढीको माग गरेको छ ।
अविश्वासको प्रस्तावले फ्रान्स नयाँ राजनीतिक सङ्कटमा
विपक्षी सांसदहरूले तीन महिना मात्र कार्यालयमा रहेको प्रधानमन्त्री मिशेल बार्नियरको अल्पमतको सरकारलाई अविश्वास मतमा हटाउने धम्की दिएपछि फ्रान्स मङ्गलबार नयाँ राजनीतिक सङ्कटमा पुगेको छ ।
एआईले सन् २०२४ मा चुनावलाई प्रभावित गरेको कुनै सङ्केत छैन : मेटा
मेटाले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले विश्वभरका मतदाताहरूलाई भ्रमित गर्न सञ्चार माध्यममा झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित नभएको बताएको छ ।
वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो
छिमेकीबिचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणपछि बङ्गलादेशले मङ्गलबार नयाँदिल्लीका राजदूतलाई बोलाएको छ ।
साउदी अरेबियामा तीन सयभन्दा बढीलाई मृत्युदण्ड
मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल सङ्ख्या उच्चतम ज्ञात वार्षिक आँकडाभन्दा धेरै नै बढी भएको छ ।
ईयुद्वारा कडा धूम्रपान विरोधी नियमहरू लागू गर्ने तयारी
युरोपेली सङ्घ (ईयु)का देशहरुले खेल मैदान र क्याफेलगायत धेरै बाहिरी क्षेत्रहरुमा धुम्रपानको प्रतिबन्धलाई समर्थन गर्दै कडा धुम्रपान विरोधी नियमहरु लागू गर्ने तयारी गरेका छन् ।
लेबनानमा भएको इजरायली हमलामा नौ जनाको मृत्यु
दक्षिणी लेबनानका गाउँहरुमा सोमबार भएको इजरायली आक्रमणमा नौ जनाको मृत्यु भएको छ । इजरायलले युद्धविरामकै समयमा आतङ्कवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौं हिजबुल्लाह लक्षित आक्रमण गरिरहेको बताएको छ ।
जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी
जापानको मौसम एजेन्सीले एक सय २६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ ।