श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत
श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट सुधार जारी राख्दै अर्थतन्त्र अपेक्षाभन्दा धेरै बलियो बनेको जनाएको छ ।
अस्ट्रेलियासँगको सम्बन्ध ‘सही मार्गमा’ फर्किएको चीनको भनाइ
अस्ट्रेलियाको मुख्य व्यापारिक साझेदार चीनसँगको आर्थिक विवाद ‘सही मार्गमा’ फर्किएको भन्दै बेइजिङले सोमबार अस्ट्रेलियासँगको सम्बन्ध सुधारको प्रशंसा गरेको छ ।
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा सोमबार मालवाहक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै २५ जनाभन्दा बढी घाइते भएको उत्तरपूर्वी रेल सेवा, नर्थइस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अधिकारीले बताएका छन् ।
अमेरिकी पत्रकार गेर्शकोभिचविरूद्ध जुन २६ मा सुनुवाइ सुरू गरिने
अमेरिकी पत्रकार इभान गेर्शकोभिचविरूद्ध रूसमा जासुसीको आरोपमा जुन २६ देखि सुनुवाइ सुरु हुने युराल्स शहरस्थित येकातेरिनबर्गको एक अदालतले सोमबार जनाएको छ ।
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ ।
श्रीलङ्कामा सन् २०२५ सम्ममा सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हट्ने
श्रीलङ्काका अधिकारीहरूले सन् २०२५ सम्ममा मोटर वाहन आयातमा प्रतिबन्धहरू कम गर्न प्रारम्भिक मार्गचित्र तयार गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) लाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
रुसी जेल कर्मचारी आइएस कैदीको नियन्त्रणमा
दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरुले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ ।
दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागू गर्ने घोषणा गरेको छ ।
अस्ट्रेलियासँगको ‘मतभेद हटाउन’ चिनियाँ प्रधानमन्त्री लीको आग्रह
चीनका प्रधानमन्त्री ली छ्याङले शनिबार आर्थिक अवसरहरूको वाचामा केन्द्रित भ्रमणको सुरुआत गर्दै अस्ट्रेलियासँगको ‘मतभेदहरू हटाउन’ आह्वान गर्नुभएको छ ।
चीनमा तट रक्षासम्बन्धी नयाँ नियम लागू
चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तट रक्षासम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६० दिनसम्म हिरासतमा राख्न अनुमति दिने भएको छ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित
दक्षिण अफ्रिकी संसद्ले शुक्रबार सातौँ संसद्को राष्ट्रियसभाको पहिलो बैठकमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (एएनसी) का अध्यक्ष सिरिल रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित गरेको छ ।
शान्ति शिखर सम्मेलनमा भाग लिन विश्व नेता युक्रेन प्रस्थान
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोसँग शान्ति वार्ता चाहेको खण्डमा कियभलाई प्रभावकारीरूपमा आत्मसमर्पण गर्न माग गरेपछि युक्रेनमा शान्तिसम्बन्धी पहिलो शिखर सम्मेलनका लागि विश्वका नेताहरू शनिबार स्विट्जरल्याण्ड पुगेका छन् ।
मुम्बईको एन्टप हिलस्थित घरको एक भाग ढल्दा दुईको मृत्यु
मुम्बईको एन्टप हिल क्षेत्रको विजय नगरमा शुक्रबार राति घरको एक भाग ढल्दा दुई जनाको मृत्यु भएको बृहनमुम्बई नगर निगम (बिएमसी) ले जनाएको छ ।
राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक
राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्वीस–नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।
रुसको नदीमा डुबेर मृत्यु भएको तीन भारतीय विद्यार्थीको शव स्वदेश फिर्ता
रुसको नदीमा डुबेका तीन भारतीय विद्यार्थीको पार्थिव शरीर बिहीबार राती मुम्बई एयरपोर्ट ल्याइएको छ। रुसको भेलिकी नोभगोरोडमा अवस्थित यारोस्लाव–द–वाइज नोभगोरोड स्टेट युनिभर्सिटीमा अध्ययनरत चार भारतीय विद्यार्थीहरू जुन ७ मा भोल्कोभ नदीमा डुबेका थिए ।
कुवेतमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता
कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ ।
श्रीलङ्काको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान
श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।
हुथी समूहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण
यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ।
नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा, सन्दीपसहितको अभ्यास
आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।
गाजा युद्धसम्बन्धी राष्ट्रसङ्घीय अनुसन्धान पक्षपातपूर्ण रहेको इजरायलको दाबी
गाजामा हमासविरुद्धको युद्धमा मानवता विरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्र सङ्घको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै आरोपको खण्डन गरेको छ ।
इमरान खानलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर
इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा निर्दोष ठहर गरेको पाकिस्तानी एआरवाई न्यूजले जनाएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो
अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ ।
भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७)शिखर सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्नुहुनेछ ।
विश्वभरि विस्थापितको सङ्ख्या १२ करोड : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।