सिच्याङ, माघ ११ गते । चीनले बिहीबार सिचुवान प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा सञ्चार प्रविधिको नयाँ उपग्रह पठाएको छ । उक्त उपग्रह लङ मार्च–३बी रकेटबाट राति ११ः३२ बजे प्रक्षेपण गरिएको थियो ।
प्रक्षेपण केन्द्रका अनुसार उक्त उपग्रह सञ्चार, रेडियो तथा टेलिभिजन र डाटा ट्रान्समिसन सेवाका लागि प्रयोग गरिने छ । यसले सम्बन्धित प्रविधिहरूको परीक्षण र प्रमाणीकरणको लागि मञ्चको रूपमा पनि काम गर्नेछ । यो प्रक्षेपण लङ मार्च श्रृङ्खला क्यारियर रकेटहरूको ५५८ औं मिशन थियो । रासस, सिन्ह्वा