प्रयागराज (उत्तर प्रदेश),माघ ४ गते । उत्तरप्रदेश सरकारले जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म १७ लाख ८० हजार भन्दा बढी तीर्थयात्री र १० लाख कल्पवासीले महाकुम्भ मेलाको भ्रमण गरेका छन् ।
पाँचौँ दिन अपराह्न ४ बजेसम्म २७ लाख ८० हजारभन्दा बढीले त्रिवेणी सङ्गममा पवित्र स्नान गरेका छन् । जनवरी १६ सम्म त्रिवेणी सङ्गममा सात करोडभन्दा बढी मानिसले पवित्र स्नान गरेका छन् । आज दिउँसो २ बजेसम्म १० लाखभन्दा बढी कल्पवासी र १० लाख तीर्थयात्रीले महाकुम्भमा दर्शन गरेका थिए ।
यसैबीच जिल्लाको शान्ति सुरक्षामा सम्भावित विघ्न नआउन अधिकारीले फेब्रुअरी २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । आज एक आधिकारिक सञ्चारमा प्रहरी अतिरिक्त आयुक्त प्रयागराजले धारा १६३ अन्तर्गत निषेधाज्ञा आदेशहरू घोषणा गर्नुभयो ।
आगामी घटनाक्रमबारे जानकारी दिँदै एसीपीले भन्नुभयो,“चाडपर्वलाई ध्यानमा राख्दै जिल्लाको शान्ति सुरक्षा कायम गर्न जरुरी छ ।” महाकुम्भ जनवरी १३ बाट सुरु भएको र २८ फेब्रुअरीसम्म चल्ने छ । रासस, एएनआई