• २१ पुस २०८१, आइतबार

दक्षिण कोरियाली राष्ट्रपति योललाई आज पक्राउ गर्ने तयारी

blog

दक्षिण कोरिया, पुस १९ गते । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने तयारी गरिएको छ । उहाँलाई पक्राउ गर्न बिहीबार राति २ हजारभन्दा बढी प्रहरी उहाँको निवासमा तैनाथ गरिएको थियो ।

सियोलको अदालतले युनविरुद्ध हिरासत वारेन्ट कार्यान्वयन गर्न राष्ट्रपति युन सुक–योललाई शुक्रबार पक्राउ गर्ने प्रयास गरेको हो । युनविरुद्धको महाभियोग प्रस्ताव डिसेम्बर १४ मा राष्ट्रिय सभामा पारित भएको थियो । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाइएको थियो । जुन अवधिमा युनको शक्ति निलम्बित छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल