ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच ह्वाइट हाउसमा भेटवार्ता
अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ ।
ट्रम्प सरकारको विदेश मन्त्रीमा मार्को रुबियो
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले बुधवार फ्लोरिडा राज्यका रिपब्लिकन अमेरिकी सिनेटर मार्को रुबियो आफ्नो दोस्रो राष्ट्रपतिको कार्यकालमा विदेश मन्त्री हुने घोषणा गर्नुभएको छ ।
अमेरिकी सरकारी कर्मचारीमाथि इरानमा आक्रमण गर्ने इजरायलको योजनामा वर्गीकृत कागजातहरू चुहाएको आरोप
अमेरिकी सरकारका लागि काम गर्ने एक व्यक्तिलाई बुधबार दायर गरिएको अदालतको कागजातअनुसार इरानमा आक्रमण गर्ने इजरायलको पहिलेको योजनाको मूल्याङ्कन गर्ने वर्गीकृत जानकारी चुहाएको आरोप लगाइएको छ ।
कोप-२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
विश्व नेताहरूले बुधबार संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा भएको वार्तामा जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे प्रतिस्पर्धात्मक दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।
पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
कोप–२९ः राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन हुने
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ ।
जर्मनीमा फेब्रुअरी २३ मा निर्वाचन गर्न चान्सलर स्कोल्जलाई दबाब
जर्मनीका ठूला राजनीतिक दलबिच आगामी फेब्रुअरी २३ मा हुने आमनिर्वाचनको समयतालिकामा सहमति भएको छ । जर्मनीका चान्सलर ओलाफ स्कोल्जको सोसल डेमोक्र्याट्स (एसपीडी) पार्टीका एक स्रोतका अनुसार जर्मनी गहिरो राजनीतिक सङ्कटमा फसेको बेला वामपन्थी एसपीडीको संसदीय समूह र प्रमुख कन्जरभेटिभ विपक्षी सीडीयू/सीएसयूबिच यो सम्झौता भएको हो ।
ट्रम्पको सजाय नोभेम्बर १९ सम्मका लागि स्थगित
डोनाल्ड ट्रम्पको न्युयोर्क फौजदारी मुद्दाका न्यायाधीशले अमेरिकी राष्ट्रपति–निर्वाचितको सजायलाई सम्भावित रूपमा खारेज गर्ने निर्णय नोभेम्बर १९ सम्म स्थगन गरेको अदालतले मङ्गलबार जनाएको छ ।
चीनमा कार दुर्घटना, ३५ जनाको मृत्यु
दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।
‘जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न एकता कायम गरौँ’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिनुभएको छ।
उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो ।
रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।
श्रीलङ्काको वामपन्थी दल संसदमा बहुमत ल्याउने कसरतमा
श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ ।
जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने
जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ ।
नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबिच भेट
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेट भएको छ ।
भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन
भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।
अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते
अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
कोप–२९ सम्मेलन अजरबैजानमा सुरु
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप–२९) सम्मेलन सोमबारदेखि सुरु भएको छ ।
ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ ।
रुसी आक्रमणमा ६ जनाको मृत्यु भएपछि युक्रेनद्वारा हवाई सतर्कता जारी
देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा छ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् ।
आजबाट कोप–२९ सुरुः नेपालले दिँदै जलवायुजन्य जोखिमका उदाहरण
गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो ।
बिटकोइन पहिलो पटक ८० हजार डलर पुग्यो
व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ ।