• १७ पुस २०८१, बुधबार

चीनद्वारा १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल

blog

दक्षिण चीनको हैनान प्रान्तमा अवस्थित राष्ट्रिय वन पार्कलाई घेर्ने ४४६ किलोमिटर लामो रिङ रोड आइतबार सर्वसाधारणको लागि खुला गरिएको छ। तस्बिर : सिन्ह्वा, झाङ लीयुन

ल्हासा,  पुस १४ गते । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासाले सहरको उत्तर र दक्षिणका पहाडहरूमा एक लाख ७७ हजार २०० (लगभग ११ हजार ८१३ हेक्टर) वृक्षारोपण पूरा गरेको छ । उक्त प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

यो काम क्षेत्रको सबैभन्दा ठूलो वनीकरण परियोजनाको हिस्सा थियो, जुन सन् २०२१ मा सुरु भयो र १० वर्षमा कुल २०६ मिलियन म्यू वन बनाउने लक्ष्य राखिएको थियो ।

ल्हासाले १८ लाख वर्ग मिटरभन्दा बढी सहरी ठाउमाँ वृक्षारोपण गरेको छ । यसलाई यस क्षेत्रको मुख्य सरकारी कार्यहरू मध्ये एक मानेको छ । ल्हासाका मेयर वाङ छियाङले भन्नुभयो,“हामी सन् २०२५ मा सहरमा दुई लाख ५० हजार मिउभन्दा बढी नयाँ वनीकरण परियोजनालाई अगाडि बढाउँछौँ ।” रासस, सिन्ह्वा