दक्षिण कोरियामा ७१ हजार ४७६ कोभिड–१९ नयाँ सङ्क्रमित
दक्षिण कोरियामा सोमबार मध्यरातसम्म ७१ हजार ४७६ कोभिड–१९ का नयाँ सङ्क्रमण देखिएको छ ।
अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन युद्धबारे वार्ता हुँदै
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ । राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणमा यहाँ आउँदै हुनुहुन्छ ।
अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त
अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।
ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ घाइते
ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना
श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ ।
सोमाली सेनाद्वारा १५ अल–शबाब लडाकु मारिए
अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन् ।
विश्वासको मत गुमेपछि पेरुका प्रधानमन्त्रीको राजीनामा
पेरुका प्रधानमन्त्री एनिबल टोरेसले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति पेड्रो कास्टिलोले विश्वासको मतका लागि टोरेसको आह्वानलाई त्यहाँको कङ्ग्रेसले अस्वीकार गरेपछि प्रधानमन्त्री टोरेसको राजीनामा स्वीकृत गरेका हुन् ।
घरमा आगलागी हुँदा १० को मृत्यु, नौ घाइते
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरू नौ जना घाइते भएका छन् ।
कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित
दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जनाभन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घण्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् ।
चीनमा आगलागीमा परी ३६ को मृत्यु
चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।
सोलोमन टापुमा ७.३ म्याग्निच्युडको भूकम्प
सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।
इरानबाट कतारमा खाद्यान्न आपूर्ति
इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोसन अर्गनाइजेसन (टीपीओ) प्रमुखले जानकारी दिनुभएको छ।
अमेरिकाको रात्रि क्लबमा गोली चल्दा पाँचको मृत्यु, १८ घाइते
संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
दक्षिण सुडानको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चासो
दक्षिण सुडानमा जारी रहेको हिंसाप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानको अपर नाइल राज्यमा सुरु भएको पछिल्लो हिंसा निकै चिन्ताजनक रहेको भन्दै त्यसप्रति चासो व्यक्त गरेको हो ।
रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सातको मृत्यु
रुसको सुदूर पूर्वी साखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् ।
शीर्ष रिपब्लिकनहरूको भेलालाई ट्रम्पले सम्बोधन गर्ने
सन् २०२४ मा राष्ट्रपतिको दौडमा पुनः भिड्ने तयारीको घोषणा गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो भाषणमार्फत व्हाइट हाउसका सम्भावित प्रतिद्वन्द्वीहरू सहित यस सप्ताहान्तमा रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूको भेलालाई सम्बोधन गर्दे हुनुहुन्छ ।
एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएपछि लाखौं युक्रेनी नागरिक विद्युतविहीन भएको बताउनुभएको छ ।
गाजामा भीषण आगलागीमा परी कम्तीमा २१ जनाको मृत्यु
उत्तरी गाजापट्टीको एक आवासीय भवनभित्र बिहीबार भएको भीषण आगलागीमा सात बालबालिकासहित कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
नाइजेरियाली सुरक्षा कारबाहीमा पचास हतियारधारी मारिए
नाइजेरियाको सेनाले यहाँका विभिन्न राज्यमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ५० जना हतियारधारी विद्रोही मारिएको जनाइएको छ ।
अमेरिकी अदालतद्वारा चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेल सजाय
अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ ।
म्यान्मारले करिब छ हजार कैदीलाई रिहा गर्ने
म्यान्मारको सेनाले बेलायतका पूर्व राजदूत, एक जापानी पत्रकार र एक अष्ट्रेलियाली आर्थिक सल्लाहकारसहित करिब छ हजार कैदीलाई रिहा गर्ने बिहीबार जनाएको छ ।
आतङ्कवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शहबाज शरीफ
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतङ्कवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताउनु भएको छ ।
भारतलाई जी ट्वेन्टीको अध्यक्षता हस्तान्तरण
समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।
रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु
पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएका बताएको छ ।