भारतमा झण्डै १६ हजार सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट थप झण्डै १६ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१५ सङ्क्रमित भएका हुन् ।
गत वर्षमा १४० जना राष्ट्रसङ्घीय सहायताकर्मीको हत्या
गत वर्ष सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ । राष्ट्रसङ्घीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो सङ्ख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ ।
इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ
जाकार्ता, २७ साउन (रासस/सिन्ह्वा)। इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ। मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ। सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ।पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो।केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्वन्धी अरु प्रमाणहरु जुटाउदै गरेको पनि फिक्रिले जानकारी दिनुभयो। “धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उहाँले भन्नुभयो। पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उहाँले बताउनु भयो।
एक लाख २८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ ।
विस्फाेटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु
अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अफगानिस्तानका चार सय निजी विद्यालय बन्द
अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।
माकुरा पनि मान्छेझैँ निदाउँछन् !
यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उहाँका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानव जस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।
भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् ।
क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी
क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्यसम्बन्धी निकायका अनुसार अहिलेसम्म एक हजार आठजना मङ्कीपक्सका बिरामी भएका हुन् ।
जापानमा एकै दिन दुई लाख ५० हजार सङ्क्रमित, दुई सय ५१ को मृत्यु
टोकियो, साउन २६ गते । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ काेरोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप द्रुतगतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिका तुलनामा यो उपप्रजाति द्रुतगतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्ये २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमित भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।
पाकिस्तानमा पत्रकार पक्राउ, रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी
पाकिस्तानभरका पत्रकारले एआरवाई न्यूजका प्रमुख अम्माद युसुफको गिरफ्तारीको निन्दा गर्दै उहाँको तत्काल रिहाइको माग गरेका छन् । उहाँलाई बुधबार यहाँबाट पक्राउ गरिएको हो । सादा पोशाकमा प्रहरी अधिकारीहरू उहाँको घरमा जबरजस्ती प्रवेश गरेका थिए ।
बिहारको मुख्यमन्त्रीका रूपमा नितिशकुमारद्वारा आठौँ पटक शपथ
बिहार राज्यको मुख्यमन्त्रीका रूपमा नेता नितिशकुमारले पटना राजभवनमा बुधबार शपथ लिनुभएको छ । उहाँले मुख्यमन्त्रीको शपथ लिएको यो आठौं पटक हो ।
भारतमा १६ हजारभन्दा बढीमा कोरोना सङ्क्रमित
भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार ४७ नयाँ सङ्क्रमित भएका हुन् ।
बच्चामा पनि भेटियो मङ्कीपक्सको सङ्क्रमण
चार वर्षीया एक बालिकामा यो सङ्क्रमण पाइएको जर्मनीको रोबर्ट कोच इन्स्टिच्युटले सो जानकारी दिएको हो ।
‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’
नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ ।
डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना सङ्क्रमण
दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईको छापा
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको एक समाचारमा जनाइएको छ ।
मलेसियामा कोभिडका सङ्क्रमित घटेनन्, एकै दिन छ जनाको मृत्यु
मलेसियामा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरु घटेका छैनन् । यहाँ गएको २४ घन्टायता मात्र कम्तीमा पनि दुई हजार ८६३ जनामा कोभिडको सङ्क्रमण देखिएको छ ।
चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु
दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
आतङ्ककारी हमलामा सैनिक र सर्वसाधारण मारिए
मालीमा आइतबार भएको एक आतङ्ककारी हमलामा परेर चारजना सैनिकको ज्यान गएको छ । यहाँका चारजना सैनिक मारिएका मालीको सैनिक सङ्गठनद्धारा आइतबार प्रकाशन गरिएको विज्ञप्तिमा जनाएको हो ।
भारतमा एक दिनमा १६ हजारभन्दा बढी सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार १६७ नयाँ सङ्क्रमित भएका हुन् ।
दक्षिण कोरियामा सङ्क्रमित घटे
दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घटेको छ । स्वास्थ्य अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ५५ हजार २९२ जना सङ्क्रमित भएका छन् ।
इजरायल र विद्रोही लडाकू समूहबीच युद्धविराम गर्ने सहमति
इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्धविराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ ।
अफगानिस्तानको जज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।