हरेक शुक्रबार १० मिनेट आफ्नो कार्यलय सफा गर्न मन्त्रालयको आग्रह
सरकारले सबै सरकारी तथा सार्वजनिक कार्यालयका कर्मचारीलाई आज (शुक्रबार) देखि १० मिनेट आफ्नो कार्यलय सफा गर्न अनुरोध गरेको छ ।
बहुक्षेत्रीय पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम
बहुक्षेत्रीय पोषण योजनापालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समीतिहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जनकनन्दनी गाउँपालिकामा निःशुल्क प्रसूति सेवा
धनुषाको जनकनन्दनी गाउँपालिकाका सुत्केरी हुने महिलालाई सीमावर्ती भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
स्वास्थ्य बीमा : सबै नागरिकलाई स्वास्थ्य उपचारको पहुँचमा ल्याउने
नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारमार्फत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिव २० हजार घरपरिवार आवद्ध भएका छन् ।
छुटेका बालबालिकालाई नियमित खोप लगाउन आग्रह : कुन उमेरमा के खोप लगाउने ?
सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै ‘बृहत् खोज र खोप अभियान’ सुरु गर्ने भएको छ।
शिलान्यास भयो अस्पताल बनेन
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले ५–१५ शैय्याको अस्पताल बनाउने लक्ष्य अनुसार शिलान्यास भएका दोलखाका केही स्थानीय तहले अस्पताल भवन निर्माण गर्न सकेका छैनन् ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
श्रीलङ्कामा ११२ प्रकारका औषधि अभाव
श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने एक सयभन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसदमा बताउनुभएको छ ।
एक कोरोना सङ्क्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिलो तथ्याङ्क अनुसार २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको हो ।
भारतमा घटे कोरोनाका बिरामी
अघिल्ला दुई दिनको तुलनामा आज (बिहीबार) भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वीर अस्पतालबाट १६ देशका २१६ जनाले लिए टेलिमेडिसिन सेवा
वीर अस्पतालमा टेलिमेडिसिनबाट दैनिक ५० जनाले सेवा लिने गरेका छन् । अस्पतालको टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा.सञ्जय धरेलका अनुसार सेवा सुरु भएदेखि अहिलेसम्म २१२ जनाले सेवा लिइसकेका छन् ।
दुई सय ११ सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
कर्णाली प्रदेशमा हालसम्म दुई सय ११ जना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत कर्णालीका सुर्खेत बाहेकका नौ जिल्लाका दुर्गम क्षेत्रहरूमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको छ ।
अस्पतालमा आरक्षण कोटा कार्यान्वयन गर्न निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको उपचारमा आरक्षण कोटा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
२४ घण्टामा एक संक्रमितको मृत्यु : २९ जना आइसोलेसनमा
पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमणको मृत्यु भएको छ।
भारतमा कोरोनाका बिरामी बढे
भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मङ्गबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ज्ञान महर्जनको 'प्याड म्यान' यात्रा
हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर कुरा गर्न अझै पनि हिचकिचाउँछन् । महिनावारीको विषयमा खुल्न नसकेको हाम्रो समाजमा ललितपुर खोकनाका ज्ञान महर्जनले भने यस्तो सोचमा परिवर्तन ल्याउन लामो समयदेखि अभियान नै सञ्चालन गर्दै आउनुभएको छ ।
बिना दर्ता सञ्चालनमा छन् औषधि पसल
म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरवाङ बजारमा बिना दर्ता औषधि पसल सञ्चालन हुँदा मानव स्वास्थ्य नै जोखिममा परेको छ । पश्चिम क्षेत्रका नागरिकको स्वास्थ्योपचारलाई मध्येनजर गर्दै दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
स्वास्थ्य पत्रकार मञ्च अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पुरस्कृत
स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
कैलालीमा १२१ जना सिकलसेलका बिरामी थपिए
कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन् ।
औलो रोग नियन्त्रणमा गाउँपालिका
हुम्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा औलो रोगको औषधि छर्कने कार्य सुरु भएको छ । गाउँपालिकाले सरोकारवाला पक्षको सहयोग र समन्वयमा लामखुट्टे भगाउने औषधि छर्कने कार्य सुरु भएको हो ।
३२ लाख खर्च गरेर कभर्ड हल निर्माण
सुनकोशी गाउँपालिका ओखलढुङ्गाले करिब ३२ लाख खर्च गरेर ब्याडमिन्टन कभर्ड हल बनाएको छ । सुनकोशी गाउँपालिका –५ मुलखर्कमा गाउँपालिकाले ३१ लाख ८२ हजार ७ सय ५ रुपियाँ बजेट खर्च गरेर कभर्ड हल बनाएको हो ।
राष्ट्रपतिको स्वास्थ्य सुधारोन्मुख : एन्टिबायोटिकको उपयोगले शारीरिक शिथिलता
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
गत वर्ष १० हजार बढीमा औलो पुष्टि
नेपालमा आर्थिक वर्ष २०७८/७९ मा ४५३ जना आयातीत औलोका बिरामी पुष्टि भएका छन् । औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो ।