सुदूरपश्चिममा १८ जनामात्रै सक्रिय सङ्क्रमित
सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छ। पछिल्लो समय कोरोना सङ्क्रमण दर घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको हो।
गृह मन्त्रालयअन्तर्गतका निकायमा योग शिविर सञ्चालन गर्छौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयअन्तर्गत निकायमा नियमित योग शिविर सञ्चालन गर्ने बताउनुभएको छ ।
गीतकार बलबहादुर परियारको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल
गीतकार तथा पूर्व सैनिक बलबहादुर परियारको क्यान्सरको उपचार गर्न परिवारले आर्थिक सहयोगको गर्न अपिल गरेका छन् ।
सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्छु : स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले सूर्तीजन्य प्रदार्थको कर बढाउन पहल गर्ने बताउनुभयो। स्वास्थ्य पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अर्थतन्त्र बिग्रिएको बेला सूर्तीजनय पदार्थ कर बढाएर क्यान्सरका बिरामीको उपचारमा राहत पुग्ने बताउनुभयो।
सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न सरकारको निर्देशन
सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको हो ।
पछिल्लो चार वर्षमा ५१८ गर्भवती तथा सुत्केरीको उद्धार
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
दादुरालाई हेलचेक्राइँ गर्दा ज्यान जानसक्छ : स्वास्थ्य मन्त्रालय
सरकारले दादुराका लक्षण देखिएमा हेलचेक्राइँ नगर्न आग्रह गरेको छ।
घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला
के तपाईँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाईँ ठूलै समस्या बन्नु भएको होला ।
कार्यालय सहयोगीको भरमा अस्पताल
तनहुँको भानु नगरपालिकामा अस्पताल निर्माण गर्न जग्गा दान दिने परिवारले नै उपचार नपाएर टाढा धाउनु पर्ने बाध्यता भएको छ ।
रोकियो चिकित्सकको निर्वाह भत्ता
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा पदाधिकारी नियुक्त हुन नसक्दा रेजिडेन्ट चिकित्सकहरूले तीन महिनादेखि निर्वाह भत्ता पाउन सकेका छैनन् ।
स्वास्थ्य र वातावरण स्वच्छ राख्न धुम्पान त्यागौँ : मन्त्रालय
सरकारले वातावरण संरक्षणका लागि धूम्रपान त्याग्न आग्रह गरेको छ ।
बिरामी नआएपछि सुनसान छ वीरको विशिष्ट उपचार कक्ष
देशकै पुरानो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को पुरानो भवनमा विशिष्ट व्यक्ति (भिआईपी र भिभिआइपी) उपचार कक्षहरू लामो समयदेखि सुनसान छ ।
भारतमा कोरोना फैलिएसँगै नेपालगञ्ज नाकामा सतर्कता
नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना सङ्क्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ ।
२० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा
देशभर २० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
सूर्तीजन्य प्रदार्थको सेवन नगर्न अभिभावकलाई सरकारको आग्रह
सरकारले अभिभावकलाई सुर्तीजन्य प्रदार्थको सेवन त्याग्न आग्रह गरेको छ ।
कोभिड–१९ बाट ७६ जना सङ्क्रमित
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार एक हजार ६०३ जनाको नमूना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण देखिएको हो ।
कोभिड–१९सङ्कटकाल अन्त्य
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ । सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको हो । सङ्गठनको आपत्कालीन समितिको १५औँ बैठकले जनस्वास्थ्य सङ्कटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो । सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताउनुभएको छ । सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो ।
दक्ष महिला स्वाथ्यकर्मीको व्यवस्थापन र परिचालन हुन सकेन
सरकारले मिडवाइफ (महिलालाई सम्मानजनक प्रसूति गराउने दक्ष स्वास्थ्यकर्मी)को उचित नीतिगत व्यवस्थापन एवम् परिचालन गर्न नसकेको देखिएको छ।
२४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा
नेपालमा २४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १६२ जना सक्रिय सङ्क्रमितमध्ये २४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न पानीले हात धुन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ ।
प्रेमसागर कर्माचार्यले गर्नुभयो १७४ औं पटक रक्तदान
'रगतको महिमा अपरम्पार, रगत नै बुझ जीवनको आधार, आउ रक्तदान गरौं..’ रक्तदान सम्बन्धी जागरण गीतका रचनाकार प्रेमसागर कर्माचार्यले १७४ औं पटक रक्तदान गर्नुभएको छ।
कोरोना सङ्क्रमणबाट एकको मृत्यु, २६ जना संस्थागत आइसोलेसनमा
कोरोना सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्छु : स्वास्थ्यमन्त्री बस्नेत
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
इवामुरा अस्पतालमा एक सय माेतियाविन्दुकाे शल्यक्रिया सम्पन्न
चिनियाँ विशेषज्ञ समूहले नेपालमा छैंठाै पटक नि:शुल्क रूपमा माेतियाविन्दुकाे शल्यक्रिया गरेका छन् । अरनिको समाजको अगुवाइमा भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा करिब एक सय जना बिरामीले माेतियाविन्दुकाे शल्यक्रिया गरेका हुन् ।