‘एन्टी स्नेक भेनम’ उत्पादन अब स्वदेशमै
नेपालमै पहिलो पटक स्थापना भएको एन्टी स्नेक भेनम उत्पादन उद्योगले सर्प पाल्ने अनुमति पाएको छ ।
अझै तीन हप्ता डेंगुको जोखिम कायमै, दशैँमा भयावह हुन सक्ने आँकलन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ ।
आमाहरू बिदेसिँदा उजाडियो गाउँ
कावासोती नगरपालिका–११ का एक दम्पती दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा हुनुहुन्छ । श्रीमान् साउदी अरब र श्रीमती कुवेतमा । उहाँहरूका दुई छोराछोरी जनता आधारभूत विद्यालय कावासोतीमा अध्ययनरत छन् । श्रीमान् श्रीमती नै विदेश गएपछि उहाँहरूले छोराछोरी र घर हेर्नका लागि विवाह गरेर चितवन गएकी बहिनीलाई आफ्नै घरमा ल्याएर राख्नुभएको छ । बहिनी सुनिता (नाम परिवर्तन) को उमेर भर्खर २३ वर्ष भएको छ । उहाँको एउटा तीनवर्षे छोरा हुनुहुन्छ । श्रीमान् रोजगारीका लागि भारतमा हुनुहुन्छ । दुई छोरा छोडेर जेठाजुका श्रीमान् श्रीमतीले नै अर्कै घरबार गरेपछि ती छोरासहित पाँच जना बालबालिकाको लालनपालन र शिक्षादीक्षाको जिम्मा पनि अहिले सुनिताकै काँधमा छ ।
आधारभूत अस्पताल निर्माण गर्ने सरकारी योजना : समय गुज्रियो, भएन प्रगति
तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी एकै दिन शिलान्यास भएका ३९६ आधारभूत अस्पताल पाँच वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेका छैनन् ।
बाघ व्यवस्थापन चुनौती
छ दशक उमेर पार गरिरहेका पशुपति श्रेष्ठ सधै झैँ गत साउन २० गते पनि ‘मर्निङवाक’ का लागि बिहान ५ नबज्दै घरबाट निस्कनुभयो ।
जिबी, रवि र छवि कारबाहीका भागीदार
विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सिधै कम्पनीको खातामा जम्मा भएको पाइएको छ । प्रचलित कानुनले निषेध गरेको उक्त कार्य कम्पनीका सञ्चालकको प्रभावमा भएको संसदीय समितिको निष्कर्ष छ ।
राउटे सहजै स्विकार्छन् ‘मृत्यु’
दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो ।
राष्ट्रसङ्घीय महासभामा नेपाल,नेतृत्वदायी कुरा राख्न विज्ञको सुझाव
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल शुक्रबार (आज) संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छ ।
शिक्षक पाउनै सकस, आठौँ विज्ञापनमा बल्ल पर्यो आवेदन
अछामको देवीमाण्डौँ माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएपछि भदौ १९ गते आठौँ पटक विज्ञापन गर्नु पर्यो ।
अहिलेसम्मकै अब्बल संविधान
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ संविधान अहिलेसम्मकै गतिलो र महत्वपूर्ण दस्ताबेज भएकाले यसको अक्षरशः कार्यान्वयन गरेर समस्या समाधानमा लाग्नुको विकल्प नरहेको बताउनुभएको छ ।
शक्ति सन्तुलनको दस्ताबेज
संविधान सभाले संविधान सभा दर्शन भाग १ र भाग २ निकालेको छ ।
शान्ति प्रक्रिया, टिआरसी र संविधान
नेपालको संविधानले परिकल्पना गरेको राज्यको संरचना, आदर्श, लोकतन्त्र र मानिसको जीवनस्तरका मुद्दा विभिन्न समयमा भएका आन्दोलन, विद्रोह र सशस्त्र सङ्घर्षसँग जोडिन्छ ।
संविधानलाई बन्धक बनाउनु हुँदैन
नेपालमा संवैधानिक विकासको औपचारिक शृङ्खला २००४ सालको वैधानिक कानुनदेखि प्रारम्भ भएको हो ।
अधिकारसम्पन्न स्थानीय तह
नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार गठन हुने व्यवस्था गरेको छ ।
पुनरवलोकन गर्ने उपयुक्त समय
संविधान कार्यान्वयनमा आएको नौ वर्ष पूरा भएको छ । यसलाई लामै समय मान्न त मिल्दैन
उपलब्धि रक्षा गर्दै संशोधनको आवश्यकता
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एक दशक पुग्दै छ ।
संशोधनका विषय राजनीतिकसँगै न्यायिक पनि
राजनीतिक रूपमा संविधान संशोधनका विषय उठान भइरहेका बेला पेसागत सङ्गठनहरूले पनि संशोधनका विषयवस्तु पहिचान गरेका छन् । सैद्धान्तिक रूपमा संविधान संशोधनबारे संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षी दल तयार छन् तर कुन विषयमा कस्तो संशोधन चोहको स्पष्ट पार्न सकेका छैनन् ।
गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारी सम्बन्धी कानुनविपरीत लगानी गर्ने नौ वटा सहकारीलाई कारबाहीको सिफारिस गरेको छ ।
सालक जोगाउन कृत्रिम देवल
चुच्चेखोला सामुदायिक वनभित्र प्राकृतिक रूपमा धमिराका देवल देख्न कठिन छ ।
यस पटकको विद्याभूषण र विद्यापदक पनि उधारोमै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस पटक पनि नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण र नेपाल छात्रा पदक उधारोमा वितरण गर्ने भएको छ ।
श्रद्धाकर्म सोह्रश्राद्ध
सनातन धर्मशास्त्रले श्राद्धसम्बद्ध विषयलाई सर्वोच्च महत्व दिएको पाइन्छ । वैदिक शास्त्रहरूमा अति विस्तारका साथ श्राद्धका अनेकौँ आयामलाई उजागर गरिएको छ ।
सहकारी ठगी प्रकरण : फरार अभियुक्त फर्काउन ढिलाइ
सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको प्रताडना झन् विकराल हुँदै गएको छ ।
सिन्डिकेट खारेज गर्ने निर्णय बदर
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य घोषणाको छ वर्षपछि सर्वोच्च अदालतले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय नै बदर गरिदिएको छ ।
खेतीबालीसँग लोकगीतको साइनो
आज र मैले भातै र खायो तिउन त गाभाको के माया गर्थ्यौ तिमीले साइँली म जस्तो जाबाको...’ – झलकमान गन्धर्व