सडकबाट बाहिरिँदै १० लाख यात्रु
चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् ।
ड्रोनबाट बाँडियो राहत
ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ ।
पिङको आनन्द
दसैँमा विजयादशमीकै दिन ‘पिङ खेलेर भुइँ छोड्ने’ परम्परा ग्रामीण लोकपरिवेशको एउटा गहना हो तर नौ डाँडा थर्काउँदै चचहुई चचहुई गर्दै महोत्सवको स्वरूप
गौशाला धर्मशाला २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त
काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको छ ।
अवरोधले निम्त्याउँछ विनाश
असोज ११ र १२ गतेसहित वर्षायाममा भीषण वर्षा हुँदा पनि कपनमा गत वर्षजस्तो बाढीले विध्वंस मच्चाएन । अघिल्ला वर्षमा सडक नै खहरे खोलामा परिणत हुने सरस्वतीनगर पनि बाढीको समस्यामा परेन ।
खुल्न थाले अवरुद्ध राजमार्ग
भीषण वर्षाका कारण सङ्घीय राजधानी काठमाडौँ जोड्ने अवरुद्ध भएका राजमार्ग तथा सडक सञ्चालनमा आउन थालेका छन् ।
शारदीय दुर्गापूजा बडादसैँ
परब्रह्मस्थानीय उपास्यका रूपमा देवी या पराशक्तिलाई ग्रहण गर्नु र देवी वा मातृशक्तिलाई विश्वब्रह्माण्डको एक मात्र परम कारण मान्दै उनलाई नित्य, शाश्वत तत्वका रूपमा उपासना गर्नु शक्ति उपासनाको मुख्य विशेषता हो ।
‘सम्पत्तिको नाममा सियो निकाल्न सकिनँ’
हामी गाउँका मान्छे, एउटा घर होस्, खेतबारी होस् । गाउँमै काम गरेर खान पाइयोस् ।
डोजरे विकासले महाविनाश
अहिले पहिरोका कारण मुलुकका अधिकांश राजमार्ग र सडक दैनिक जसो अवरुद्ध हुने गरेका छन् ।
द्वन्द्वको ‘कलम’ ले काटियो हात,राज्यले पीडितै मान्दैन
दाङको लमही–२, बसगठ्ठाकी २८ वर्षीय जयन्ता थारू (नाम परिवर्तन) ले विस्फोटमा परी दाहिने हात गुमाएको १८ वर्ष बित्यो तर पनि राज्यले उहाँलाई अहिलेसम्म द्वन्द्वपीडित भनेर पहिचान दिएको छैन
सडक मर्मतमा सेनाको सहयोग लिने तयारी
बाढीपहिरोले अवरुद्ध भएको सडक खुलाउन नेपाली सेनाको सहयोग लिने तयारी भएको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रक्षा मन्त्रालयले गृहकार्य थालेका छन् ।
सार्वजनिक यातायातमा जिपिएस जडान गर्न नमान्दा ठुलो क्षति
सार्वजनिक यातायातमा जडान गर्ने भनिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) सञ्चालनमा नआउँदा हालैको बाढीपहिरोबाट सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको मात्रा बढेको छ ।
विकल्प बन्न सकेन हवाई सेवा
सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने अधिकांश राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध हुँदा हवाई सेवाले त्यसको परिपूर्ति गरेको चर्चा छ तर राज्यको अर्बौं लगानीमा निर्माण भएर सञ्चालनयोग्य रहेका नौ वटा विमानस्थल प्रयोगमा नै नआउँदा त्यो विकल्पले पूर्ण रूपमा काम गर्न सकेको छैन ।
सडक खुलाउने कार्य तीव्र
वर्षा र बाढीपहिरोले ४३ वटा राजमार्ग/सडकका ७९६ स्थान अवरुद्ध भएकामध्ये ३४५ स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ । त्यसै गरी ४०९ स्थानमा एकतर्फी सडक सञ्चालनमा आएकोे सडक विभागले जनाएको छ ।
झ्याप्लेखोलामा मागिरहे गुहार तर....
दुई दिनको अविरल घनघोर वर्षापछि गएको बाढीपहिरोको डरलाग्दो प्रतिविम्ब बनेको छ, झ्याप्लेखोला ।
सुरुङमार्ग बन्यो सहारा
अविरल घनघोर वर्षा र त्यसैका कारण आएको बाढीपहिरो र डुबानले सङ्घीय राजधानी काठमाडौँ सडक सञ्जाल सम्पर्कबाट अलग हुँदा सुरुङमार्ग सहारा बनेको छ ।
रोसीको बबन्डर : जहाँ खानी र क्रसर त्यहाँ समस्या
अविरल घनघोर वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा मात्र ३१ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।
राजधानीमा हालसम्मकै धेरै २३९.७ मिलिमिटर वर्षा
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।
८१४ कसुरदारलाई सजाय छुट
अदालतले तोकेको सजायको दुई तिहाइ भुक्तान गरी तोकिएका सर्त पालना गरेका ८१४ जना कसुरदारले सजाय छुट (प्यारोल) सुविधा पाएका छन् ।
राज्यसँग जोडियो सुस्ता
नारायणी नदीका कारण असहज जीवनयापन गर्न बाध्य सुस्तावासीले अब नदी तर्नका लागि जँघार तर्नु वा डुङ्गाको जोखिम मोल्नु नपर्ने भएको छ ।
महत्त्व नबुझ्दा खेर जाँदै एजोला
गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्रयोग विधिबारे ज्ञान नहुँदा नेपाली किसानले वार्षिक करोडौँ रुपियाँ नोक्सानी बेहोरिरहेका छन् ।
नियामक नै ठगी प्रक्रियामा संलग्न
संसद्मा निकै लामो राजनीतिक विवादपछि प्रतिनिधि सभाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गर्यो । तीन महिनाभन्दा लामो समयपछि समितिले प्रतिवेदन सभामा पेस गर्यो ।
दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि
नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक/डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो ।
पूर्वसचिव ठाकुरलाई आठ वर्ष कैद सजाय
विशेष अदालतले मेलम्ची खानेपानीको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय सुनाएको छ ।