अस्ट्रेलियाको वातावरण अस्वस्थकर
सन् २०२३ मा अस्ट्रेलियाको वातावरण स्वास्थ्यकर नरहेको प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०२३ मा कम वर्षा र खतरामा परेका प्रजातिहरूको सङ्ख्यामा वृद्धिमा पनि गिरावट आएको एक रिपोर्टले जनाएको छ ।
नेपालगञ्ज–गुलरिया सडक धमाधम कालोपत्र हुँदै
हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगन्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो ।
बिजुली पुगेपछि स्थानीय खुसी
जीवनको उत्तराद्र्धमा गाउँमा बिजुली पुगेपछि नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिका–२, डाडाँझेरी मथारका ज्येष्ठ नागरिक दलसिंह ठाडामगर खुसीले दङ्ग पर्नुभएको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइनले गाउँमा बिजुली पु¥याएपछि उहाँ मात्रै होइन गाउँका बुढाबुढी, तन्नेरीदेखि बालबालिका यतिबेला सबै खुसी साट्दै छन् । बुलिङटार गाउँपालिका–२ का पूर्ववडाध्यक्ष एवं स्थानीय प्रेमबहादुर थापामगर बत्ती पुगेपछि धेरै राहत भएको बताउनुहुन्छ ।
श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।
कांग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।
सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्अन्तर्गत बुधबार दुवै सदनको बैठक बस्दैछ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शिक्षामा लगानी बढाउनुपर्छ
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । साथै उहाँले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको छ ।
वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण
गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन् ।
किसानलाई परिचयपत्र वितरण
सुर्खेतको लेकवेशी नगरपालिकाले किसान परिचयपत्र वितरण सुरु गरेको छ । मङ्गलबारदेखि नगरपालिकाले वर्गीकरणसहितको किसान परिचयपत्र वितरणको काम सुरु गरेको हो ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व चयन सर्वसम्मत
गुल्मीमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको नेतृत्व सर्वसम्मत चयन गरिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम जिल्ला अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
बौद्धिक अपाङ्गता भएकालाई आवासीय विद्यालय
बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित आवासीय विद्यालय निर्माण थालिएको छ । सात वटै प्रदेशमा पूर्वाधारयुक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने सङ्घीय सरकारको नीति अनुरूप कर्णालीमा विद्यालय भवन निर्माण थालिएको हो । वीरेन्द्रनगर नगरपालिका–११ मा भवन निर्माण भइरहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका निर्देशक दीपा हमालका अनुसार कर्णालीमा अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको छुट्टै विद्यालय छैन ।
जटिल बन्दै मुख स्वास्थ्य : गुलियो र पत्रु खानाबाट दाँत जोगाउन सुझाव
भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पुर्याउनु परेको छ । चिकित्सकले गुलियो पदार्थ र जङ्क फुड (पत्रु खाना) नखान बारम्बार सुझाव दिइरहे पनि उहाँलाई गुलियो खानेकुराबाट रोक्न सकिएको छैन ।
इजाजतप्राप्त हतियारको विवरण पठाउन निर्देशन
गृह मन्त्रालयले निजी सुरक्षा प्रयोजनका लागि व्यक्तिगत रूपमा राखेका हतियारको विवरण २४ घण्टाभित्र पठाउन देशभरिका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इजाजतप्राप्त हतियार राख्न अनुमति दिने निकायसँग विवरण माग गरिएको जानकारी दिनुभयो । सोमबार सर्वोच्च अदालत परिसरबाट इजाजत लिइएको दाबी गरिएका हतियार र गोलीसहित दुई जना पक्राउ परेका थिए । हतियार तथा खरखजना ऐन, २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोही अनुसार मन्त्रालयले हालसम्मको इजाजत प्राप्त हतियारको विवरण पठाउन पत्राचार गरेको हो ।
पाटन सङ्ग्रहालयमा थारु संस्कृति झल्काउने प्रदर्शनी
ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको पाटन सङ्ग्रहालयमा थारु संस्कृति तथा इतिहास झल्काउने तस्बिर तथा बस्तुहरुको प्रदर्शनी गरिएको छ ।
बजार अनुगमन : म्याद नाघेका खाद्य सामग्री जफत
जिल्लाको रामपुर नगरपालिकाले मुख्य बजार क्षेत्र बाट म्याद नाघेका सामग्री जफत गरेको छ। बजार अनुगमनको क्रममा ५६ हजार बढीको सामाग्री जफत गरी लिई नष्ट गरेको हो।
पर्यटकीयस्थल गोठीकाँडा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित प्रमुख पर्यटकीयस्थल गोठीकाँडा ।
नेसपाद्वारा पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन
नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गरेको छ।
दशरथ रङ्गशालाको संरक्षण राखेप आफैँले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।
वृद्धवृद्धा मात्र भएको घरमा आगलागी
खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा आगलागीबाट एउटा घर र मतान जलेर नष्ट भएको छ। मंगलबार दिउँसो करिब ३ बजे घरमा आगलागी हुँदा डुम्रेधारापानी मण्डलीछापका भक्तबहादुर सुनुवारको खरको छाना भएको घर र मतान जलेर नष्ट भएका हुन्।
नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ ।
राष्ट्रिय पुँजीको विकास
सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने सङ्कल्प लिएको छ ।