खेलकुदमन्त्री श्रेष्ठ र आइसिसी अध्यक्ष बार्कलेबिच छलफल
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेबिच बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ ।
लौरी विनायक डाँडा
रसुवा जिल्लाको धार्मिक पर्यटकीयस्थल गोसाईंकुण्ड जाने सुन्दरीजल, धुन्चे,गोसाईंकुण्ड पदमार्गमामा रहेको लौरी विनायक डाँडा । ३७ सयदेखि सुरु भएर ४२ सय मिटरको उचाइसम्म रहेको यो डाँडा पार गर्दा यात्रीहरूका लागि सकस भए पनि रोमाञ्चक यात्रा हुने गर्छ ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न सुझाव माग
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधनका लागि सुझाव माग गरेको छ । आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले सुझाव माग गर्नुभएको हो ।
बरेङ गाउँपालिकामा घरमा सुत्केरी हुने न्यून
बरेङ गाउँपालिका जिल्ला सदरमुकाम बागलुङ बजारदेखि दक्षिणमा पर्छ । छरिएका बस्ती र स्वास्थ्य संस्थाको सहज पहुँच नहुँदा दुई वर्षअघिसम्म गर्भवतीहरू घरमै सुत्केरी हुने गर्दथे । अहिले यो अवस्था निकै परिवर्तन भएको छ ।
प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै
बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहजरुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो ।
विश्व भँगेरा दिवस : नवलपुरमा चरा अवलोकन पदमार्ग
बढ्दो प्राकृतिक विनाशले चराचुरुङ्गीका आश्रयस्थल सङ्कटमा परिरहेको अवस्थामा पोखरा पन्छी समाज भने चराहरूको संरक्षण गर्दै त्यसलाई पर्यटनसँग जोड्ने अभियानमा जुटेको छ ।
सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ : सांसद विश्वकर्मा
नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताउनुभएको छ ।
एनभिए भलिबल : न्यु डायमन्ड सेमिफाइनलमा
न्यु डायमन्ड स्पोर्ट्स क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।
वर्षाले किसानलाई राहत
हिउँद भरिको खडेरीले आजित भएका किसानलाई वर्षा भएपछि थाेरै भएपनि राहत मिलेको छ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मङ्गलबार रातिदेखि वर्षा हुन थालेछि किसानलाई राहत महसुस भएको हो ।
निजी जग्गामा स्थानीय तहबाट नियमन हुनेगरी व्यवस्था हुँदैछ : मन्त्री साह
वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले मध्यवर्ती क्षेत्रको भूभागलाई मध्यवर्तीको सार्वजनिक जग्गा र मध्यवर्तीको निजी जग्गागरी तीन प्रकारमा विभाजन गर्नेगरी व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
सिंहदरबार परिसरमा डिडिसीको सहुलियत बिक्री केन्द्र
दुग्ध विकास संस्थान (डिडिसी) ले सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र स्थापना गरेको छ । बुधवार सिंहदरबार परिसरमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सहुलियत बिक्री केन्द्रको उद्घाटन गर्नुभयो ।
एमाले डडेलधुराको अध्यक्षमा शाही
नेकपा एमाले डडेलधुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौँ अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटीसमेत सर्वसम्मत रूपमा चयन गरिएको हो ।
सीमावासीको गुनासो सुन्न सशस्त्र प्रहरीको पैदल यात्रा
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि संयुक्त सीमा पैदल यात्रा सुरु गरेको छ । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत उक्त यात्रामा सुरक्षाकर्मी र जनप्रतिनिधिले सीमाका बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।
राष्ट्रिय सभा कार्यव्यवस्था समितिमा सातको नाम मनोनयन
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन गरिएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूको नाम मनोनयन गर्नुभएको हो ।
अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति
सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु
चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो ।
पाल्पाबाट चार हजार बढी एसइईमा सहभागी हुँदै
पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् ।
दुर्घटनामा एकको मृत्यु
नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सूर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत् राखेको छ ।
खुम्बुको पर्यटन जोगाउने भरियाहरू
टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए ।
मनकामना केबलकार एक दिनका लागि बन्द हुने
मनकामना केबलकार आज एक दिनको लागि बन्द हुने भएको छ । मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल शेरचनका अनुसार नियमित मर्मत सम्भारका लागि आज एक दिनको लागि बन्द गर्नु परेको हो ।
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क
गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
सुनसरीमा १६३ केजी गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १ः३० बजे सुनसरी वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
कच्चा पदार्थको अभावमा कैलालीका १३७ साना उद्योग बन्द
कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।