• १९ वैशाख २०८१, बुधबार

खेलकुदमन्त्री श्रेष्ठ र आइसिसी अध्यक्ष बार्कलेबिच छलफल

blog

युवा तथा खेलकुदमन्त्रीसँग भेट गर्नुहुँदै आइसिसीका अध्यक्ष ग्रेग बार्कले ।

काठमाडौँ, चैत ७ गते । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कलेबिच बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ ।   

छलफलमा नेपाली क्रिकेटको विकास र अभिवृद्धि बारे विशेष कुराकानी भएको थियो । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आइसिसी उत्साहित र प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठसँग अध्यक्ष बार्कलेले जानकारी गराउनुभयो ।

मन्त्री श्रेष्ठले आइसिसीले नेपालमा गरेको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तीकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिनुभयो ।