• १३ साउन २०८१, आइतबार

एनभिए भलिबल : न्यु डायमन्ड सेमिफाइनलमा

blog

न्यु डायमन्डका खेलाडी ।

काठमाडौँ, चैत ७ गते । न्यु डायमन्ड स्पोर्ट्स क्लब आठौँ आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगिताको बुधबार भएको खेलमा न्यु डायमन्डले मधेश प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । न्यु डायमन्डले मधेशमाथि २५–१०, २५–६, २५–८ को सहज जित निकालेको थियो । 

यससँगै महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा न्युडायमन्डले एभरेष्ट भलिबल क्लब तथा नेपाल फुलिसले एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार नै भएको खेलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो । पुलिसले आर्मीमाथि २५–८, २५–७, २५–२ को जित निकालेको हो । 

नेपाल भलिबल सङ्घको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ १३ र महिलामा सात टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ विजेताले पाँच लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।