‘खेलकुद सङ्घलाई कार्यक्रमको आधारमा बजेट’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल सङ्घलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताउनुभएको छ ।
गोकर्णेश्वरवासीको माग खानेपानी आपूर्ति होस्
हिउँदयामको चर्को घाम सुरु भएसँगै खोलानाला सुक्न गई मुलुकका विभिन्न ठाउँमा खानेपानी समस्या देखिन थालेको छ । मुलुकको राजधानी काठमाडौँ उपत्यका क्षेत्रभित्रकै कतिपय बस्तीमा समेत खानेपानी समस्या टड्कारोरुपमा देखिएको छ ।
एक जना प्राविधिकको भरमा ६० वटा योजना
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले चालु आर्थिक वर्षमा ६० वटा सिँचाइका योजना सञ्चालन गरेको छ । ती सबै योजनाको प्राविधिक जिम्मेवारी एकजना सब इन्जिनियरलाइ तोकिएको छ ।
स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु
नवलपुरको गैँडाकोटमा स्कुल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।
मस्यौदा संविधानको मूल गति र भावना अनुरूप नै छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विश्व व्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बताउनुभएको छ ।
प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण
नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो ।
‘जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ ।
साइबरजन्य प्रलोभनमा नपरौँ
सरुना क्षेत्री (नाम परिवर्तन) कक्षा ११ मा अध्ययन गर्दै हुनुहुन्छ । उहाँले केही महिनायतादेखि ह्वाट्स एपमा अनेक नम्बरबाट म्यासेज आएर हैरान गराएपछि त्यो नम्बर नै ब्लक गरिदिनुभयो ।
प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन
सङ्घीय संसद्ले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ ।
बरोडालाई नेपालले दियो १५७ को लक्ष्य
एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको दोस्रो खेलमा जितका लागि नेपालले बरोडालाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।
फिनल्याण्डको विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते
फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
उत्तर कोरियाद्वारा मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
उत्तर कोरियाले मङ्गलबार मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले केही घण्टापछि आणविक क्षमताको बी–५२ एच बमवर्षकहरू समावेश गरेको संयुक्त हवाई अभ्यास गरेको छ ।
काठमाडौं महानगरले चैत २५ देखि गरिब घरपरिवारको गणना सुरु गर्दै
काठमाडौं महानगरपालिकाभित्र चैत २५ गतेदेखि गरिब घरपरिवार गणना सुरु हुने भएको छ । गणना कार्यमा खटिने गणक र गणकको सुपरिवेक्षकका लागि मंगलबारदेखि थापाथली इञ्जिनियरिङ क्याम्पसमा चार दिने तालिम सुरु भएको छ ।
गुराँसको जङ्गल र अन्नपूर्ण हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृश्य।
धनगढीमा राष्ट्रिय खो खो हुने
नेपाल खो खो सङ्घको आयोजनामा चैत २४ देखि २७ गतेसम्म सुदूरपश्चिको धनगढीमा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता हुने भएको छ ।
सुमेरू हिमाल
दोलखा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिरबाट देखिएको सुमेरू हिमाल ।
उद्योगमन्त्री भण्डारी र कोरियाली राजदूत तइयोङबिच भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयोङबिच मङ्गलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
‘विगतका अनुभवबाट शिक्षा लिएर अगाडि बढ्नुपर्छ’
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले विगतको नकारात्मक र सकारात्मक अनुभवबाट शिक्षा लिए मात्रै समाजवादको सफल कार्यान्वयन गर्न सकिने बताउनुभएको छ ।
बाढीको जोखिमको भविष्यवाणी गर्न अस्ट्रेलियामा एआईको प्रयोग
अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य ‘न्यू साउथ वेल्सले’ मङ्गलबार बाढीको सम्भावित प्रभावहरूको भविष्यवाणी गर्न कृत्रिम बौधिकत्ता (एआई) र मोबाइल फोन नेटवर्कको प्रयोग गर्ने प्रविधिको परीक्षण गरिरहेको जनाएको छ ।
सन्दिग्ध इजरायली आक्रमणमा इरानका दुई वरिष्ठ कमान्डरको मृत्यु
सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरायलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ । इरानी विदेशमन्त्री होसैन अमिर अब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घनको संज्ञा दिनुभएको छ ।
बसको ठक्करबाट एक महिलाको मृत्यु
बसको ठक्करबाट बिगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंबाट विगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो ।
गर्मीका कारण फिलिपिन्सका विद्यालय बन्द
फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयमा मङ्गलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन् ।
पर्यटनमन्त्री भन्नुहुन्छ, ‘वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पार्नुभयो ।
गर्मीसँगै खर्बुजाको व्यापार
गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।