• १४ पुस २०८१, आइतबार

बसको ठक्करबाट एक महिलाको मृत्यु

blog

दोलखा, चैत २० गते । बसको ठक्करबाट बिगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे  महिला नेतर्नी लामाको  मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौंबाट बिगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को रोल्वालिङ यातायातको बसले ठक्कर दिएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

बिगु गाउँपालिका–४ को फिस्टेढुङ्गाबाट घर फर्किँदै गरेकी लामालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक कालिञ्चोक गाउँपालिका–४ का २६ वर्षीय नारायण बुढाथोकीलाई  पक्राउ गरी इलाका प्रहरी कार्यालय सिगटीमा  राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस