फेवातालमा मौसमको जानकारी लिएर मात्र डुंगा सयरको अनुमति
। जिल्ला विपद् व्यवस्थापन समितिको अनुसार मौसमको जानकारी लिएर मात्र बेलुकाको समयमा डुंगा सयरको लागि अनुमति दिइएको छ।
आठौं नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सुरु
जिल्लाको कपिलवस्तु नगरपालिकामा आठौं नगर स्तरीय मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्नुभएको हो ।
वाम-लोकतन्त्रिक आन्दोलनमा अविस्मरणीय योगदान
नेपाली राजनीतिले हरेक वर्ष जेठ ३ मा सम्झिने नाम हो मदन-आश्रित ।
गाउँ जोड्ने सडक
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले डोल्पाको सबैभन्दा राम्रो र उत्कृष्ट अर्गानिक स्याउ, ओखर, सिमि र खुर्सानी र मास उत्पादन हुने गाउँलाई सडक सञ्जालसँग जोडन निर्माण भएको सडक ।
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरणः युएनडिपी उपाध्यक्ष
युएनडिपीका उपाध्यक्ष अचिम स्टेनरले सन् २०४५ सम्ममा कार्वन न्युट्रिलिटी हासिल गर्ने नेपालको महत्त्वाकाङ्क्षाले विश्वका लागि पछ्याउन सकिने प्रेरणादायक उदाहरण प्रस्तुत गरेको बताउनुभएको छ ।
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्योः शिक्षामन्त्री पन्त
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले रामायणले नेपाली समाजलाई जोड्ने काम गरेको बताउनुभएको छ । प्राध्यापक राजेन्द्र सुवेदीको कृति भूमिका र समालोचनको सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ
इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ ।
तरुण दल अधिवेशनमा खुकुरी प्रहार, चार घाइते
नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहार हुँदा चार जना घाइते भएका छन् । शनिबार बेँसीसहरमा भएको तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।
घुम्ती शिविरबाट एक हजार बढीले लिए सेवा
धुर्कोट गाउँपालिकाले गाउँ–गाउँमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट एक हजार ६९ जनाले सेवा पाएका छन् ।
वाटरल्यान्ड पार्कमा झडप : दस जना पक्राउ, पाँच प्रहरी घाइते
धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, स्थित रमदैयामा रहेको वाटरल्यान्ड झडप हुँदा दस जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार वाटरल्यान्ड पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको थियो ।
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबिच भेटवार्ता
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबिच भेटवार्ता भएको छ ।
हिमाली क्षेत्रले जलवायु परिवर्तनका असर भोग्नु परिरहेको छः वनमन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दुकुश हिमालय क्षेत्रका जनताले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यूनतम योगदान गरे पनि ठुलो असर भोग्न बाध्य भएको बताउनुभएको छ ।
सवारी साधन कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय
कोशी प्रदेश सरकारले सवारी साधन करबाट उल्लेख्य आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा प्रदेश सरकारले सवारी साधन करबाट दुई अर्ब २२ करोड १९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो । यो रकम प्रदेश सरकारले गरेको कुल आम्दानीको ४७.६४ प्रतिशत हो ।
हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्ड बर्खाअघि सुचारु हुने
बागमती प्रदेशको राजधानी हेटौंडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्डको कालोपत्रेको काम १५ दिनभित्र सम्पन्न हुने बताइएको छ ।
सगरमाथा आरोहणबारे अनुगमन गर्न पर्यटनमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आधार शिविरमा
यस वर्षको सगरमाथा आरोहण सुरु भएसँगै आरोहणको अवस्थाबारे स्थलगत अनुगमन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेतृत्वको प्रतिनिधिमण्डल सगरमाथा बेस क्याम्प पुग्नुभएको छ ।
हुलाकी लोकमार्ग निर्माणकाे माग गर्दै बाटो अवरुद्ध
हुलाकी लोकमार्गमा सडक निर्माण ५ वर्ष बितिसक्यो तर पनि पूर्णरूपमा सडक अझै बन्न सकेको छैन । शनिबार राजविराज २ मा सडक निर्माणको माग गर्दै स्थानीयले विरोध गरेका छन् ।
चोरीका दुई वटा ट्रक फेला
मकवानपुरमा पछिल्लो समय साना सवारी साधनदेखि ठुला सवारी साधन चोरीको घटना बढ्दो छ । मकवानपुर प्रहरी हेटौँडा उपमहानगरका विभिन्न स्थानबाट चोरीभएको दुई वटा ट्रक चोरीभएको फेला पारी शनिबार सवारी धनीलाई बुझाएको छ ।
गुल्मपतिलाई फिर्ता बोलाएर नयाँ गुल्मपति, सीमामा कडाइ
मोरङको रानी तथा आसपासको सीमा नाकाबाट अवैध चोरी पैठारी नियन्त्रण गर्न सुरक्षा संयन्त्र कमजोर बनिरहेको चर्चा चलेको अवस्थामा सशस्त्र प्रहरी बल प्रस्तावित सिमा गुल्म रानीको गुल्मपतिलाई फिर्ता बोलाएर नयाँ गुल्मपति पठाइएको छ ।
अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गर्नुभएको छ ।
रचनात्मक जीवनशैली आध्यात्मिक प्रशिक्षण सुरु
ताप्लेजुङमा सकारात्मक सोच द्वारा रचनात्मक जीवनशैली आध्यात्मिक प्रशिक्षण सम्बन्धी पाँच दिने कार्यक्रम सुरु भएको छ । सामुदायिक भवन (सीटी) हलमा शनिबार आजदेखि पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
युवालाई रोक्न नसके नेपाल वृद्धाश्रम बन्छ : सांसद थकाली
नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताउनुभएको छ।
बझाङका सबै पालिकामा एमालेको अधिवेशन सम्पन्न
बझाङ जिल्लाका १२ वटै स्थानीय तहमा नेकपा (एमाले)को पालिका अधिवेशन सम्पन्न भएको छ । फागुन १६ गते साइपाल गाउँपालिकाबाट सुरु भएको अधिवेशन सम्पूर्ण पालिकामा सम्पन्न भएको हो ।
साँगामा स्कुल टु ओलम्पिक कार्यक्रम
नेपाल ओलम्पियन्स सङ्घको सक्रियतामा स्कुल टु ओलम्पिक कार्यक्रम सुरु भएको छ ।
मस्तिष्कघात बिरामीका लागि नेपालगन्जमा विशिष्टिकृत उपचार सेवा सुरु
सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नेपालगन्जस्थित अस्पतालमा मस्तिष्कघात भएका बिरामीको उपचारलाई ध्यानमा राखेर विशिष्टिकृत सेवा दिन सुरु गरिएको छ ।