शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सिराज खान
नेपालगन्ज, मङ्सिर १८ गते। जिल्ला प्रहरी कार्यालय बाँकेले अपराधिक घटनामा तत्काल कारवाहीका लागि नेपालगन्जमा प्रहरीको ‘क्विक रेसपोन्स टोली’ खटाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक पातलीले तत्कालै ‘रेस्पोन्स’ गरी नागरिकलाई भरपर्दो सुरक्षा प्रदान गर्नका लागि प्रहरीको टोली खटाएको बताउनुभयो।
पहिलो चरणमा नेपालगन्जको बिपी चोकमा खटाइएको टोली जानकारीका आधारमा नगरभर परिचालन हुने उहाँको भनाइ छ।
प्रहरीलाई घटनाको जानकारी दिँदा ढिलो पुग्ने गुनासो पटकपटक आएपछि त्यस्तो हुन नदिन यो व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो।