पूर्व प्रहरी हवलदारको हत्याको आरोपमा बुद्धिराम पक्राउ
लमजुङको बेँसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवलदार सीता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन्।
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
च्याटजिपिटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडिसीबिच सिड्नीमा अर्बौ डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन-रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्ताव क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ ।
गौतमपुरमा निःशुल्क स्वास्थ्य शिविर
सुनसरीको हरिनगर गाउँपालिका-३, गौतमपुर स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
तनहुँमा दुध उत्पादनमा वृद्धि
पशुपालनमा कृषकको आकर्षण बढेसँगै तनहुँमा दुध उत्पादनमा वृद्धि भएको छ ।
तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने
जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ ।
पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै चैलिङ गाउँ
गाउँ पस्नासाथ देखिने एकनासका चिटिक्क परेका घरहरू । आँगन र बाटोभरि ढकमक्क फुलेका रङ्गीन फूलहरू अनि ओठमा मुस्कान लिएर पाहुनाको सत्कार गर्न आतुर स्थानीय ।
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।
जाडो छल्न बेँसी झरे भेडीगोठ
चिसो बढेसँगै लमजुङको हिमाली काँठमा पुगेका भेडीगोठहरू बेँसी झर्न थालेका छन् । अहिले भेडीगोठहरू गाउँ बस्ती नजिकैका खेतबारीमा राखिएका छन् ।
कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते
तनहुँको बन्दीपुर गाउँपालिका-१, स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च. ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ ।
हनुमाननगर कङ्कालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ ।
बागमती नदी सुधारका तिस वर्ष, २४ अर्ब खर्च
ऐतिहासिक एवम् प्राचीन सभ्यता, मानव विकास र धार्मिक संस्कार र संस्कृतिसँग जोडिएको बागमती नदी सरसफाइ अभियान आरम्भ भएको ६५५ औँ साता पूरा भएको छ ।
नदी कटान नियन्त्रण आयोजना प्रारम्भ
बेनी नगरपालिका–८, कालीपुल र पर्वतको जलजला गाउँपालिका–३, बगरफाँटको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रण आयोजना निर्माण सुरु भएको छ ।
तनहुँमा धान उत्पादन बढ्यो
यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
‘‘कानुनको कार्यान्वयन नहुँदा पीडितले न्याय पाएनन्’’
लैङ्गिक हिंसाविरुद्ध अहिले थुप्रै कानुनहरू भए तापनि त्यसको प्रभावकारी कार्यान्वयनको अभाव भएको कानुन विज्ञहरूले बताएका छन् ।
बैतडीको सूर्नयामा मिनि ट्रक दुर्घटना, चालकको मृत्यु
जिल्लाको सूर्नया गाउँपालिका–५ कठेगौड नजिक मिनि ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
अवैध रूपमा काटिएको रुखबारे अनुसन्धान सुरु
कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, गौरीघाट सामुदायिक वनबाट अवैध रूपमा कटान गरी गायब पारिएका १६४ रुखको अनुसन्धान थालिएको छ ।
सत्यवती क्याम्पस सञ्चालन गर्न महायज्ञ : सवा करोड सङ्कलन
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ सुरु भएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६७ पैसा र बिक्रीदर १४४ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।
जनताको स्वास्थ्य—गाउँपालिकाको प्राथमिकता : निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालन
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक बजेटअनुसार गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ निःशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
एलडिसी बैठकः वित्तीय एवम् एकीकृत सहयोगमा नेपालको जोड
नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ ।
पर्यटकबाट ८० लाख राजस्व सङ्कलन
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप ) आउने आन्तरिक तथा बाह्रय पर्यटकबाट ८० लखा ९० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
सप्तरीमा बस–ट्रक ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते
सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।