• १९ मङ्सिर २०८२, शुक्रबार

रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि

blog

मस्को, मङ्सिर १९ गते । रूसले यस वर्ष नोभेम्बरमा ५९ हजार आठ सय पुराना सवारीसाधन आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले बढी हो । उक्त तथ्याङ्क रूसी सवारी-विश्लेषण संस्था अटोसटाटका निर्देशक सेर्गेइ त्सेलिकोभले सार्वजनिक गर्नु भएको छ ।

सन् २०२५ का पहिलो ११ महिनामा रूसमा कुल चार लाख ४२ हजार ६ सय पुराना सवारीसाधन भित्रिएका छन्, जुन गत वर्षभन्दा २१ प्रतिशत वृद्धि हो । त्सेलिकोभका अनुसार नोभेम्बर महिनामा आयात उच्च हुनुको मुख्य कारण डिसेम्बर १ देखि लागू भएको फोहोर व्यवस्थापन शुल्क हो । 

शुल्क वृद्धि लागू हुनु अघि नै व्यापारीले ठूलो परिमाणमा अर्डर अघि सारेका थिए । आयात भएका पुराना सवारीसाधन मध्ये अर्धाभन्दा बढी सन् २०२१ र २०२२ मा निर्माण गरिएका थिए । जापान र दक्षिण कोरिया यस प्रकारका सवारीरूसमा पठाउने प्रमुख देश बनेका छन् । रासस/सिन्ह्वा