'बनेपा फुटबल एकेडेमी' स्थापना
काभ्रेपलाञ्चोक जिल्लामा फुटबल खेलको विकास गर्ने उद्देश्यले फुटबल एकेडेमीको स्थापना गरिएको छ ।
फिफा महिला विश्वकप फुटबल : स्पेन र जापान क्वार्टरफाइनलमा
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
पुरुष र महिला फुटबलमा पुरस्कार बराबरी
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीलाई समान पुरस्कार दिने भएको छ ।
दाङमा व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र
दाङमा बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ ।
मोरोक्को नकआउट चरणमा, जर्मनी बाहिरियो
मोरोक्को फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको हो ।
फ्रान्स र जमैका नकआउट चरणमा
फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले पानमालाई ६–३ गोलले हरायो ।
फिफा महिला विश्वकप : स्विडेन र दक्षिण अफ्रिका नकआउट चरणमा
स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।
फिफा महिला विश्वकप : इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा
इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
नेदरल्यान्ड्स र अमेरिका नकआउट चरणमा
नेदरल्यान्ड्स र साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा
आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
पटेला स्मार्ट क्लबलाई सुदूरपश्चिम–११ को सहयोग
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ ।
मनिष थाइल्यान्डको क्लबमा अनुबन्धित
नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर मनिष डाँगीले थाइल्यान्डबाट व्यावसायिक फुटबल खेल्ने हुनुभएको छ । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।
फिफा महिला विश्वकप : जापान र स्पेन नकआउट चरणमा
जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो ।
कोलम्बियासँग जर्मनी पराजित
फिफा महिला विश्वकप फुटबलको उपाधि दाबेदार जर्मनी कोलम्बियासँग पराजित भएको छ । समूह ‘एच’ अन्तर्गत सिड्नीमा आइतबार भएको खेलमा कोलम्बियाले जर्मनीलाई २–१ गोलले हरायो ।
स्वीट्जरल्यान्ड र नर्वे नकआउट चरणमा
स्वीट्जरल्यान्ड र नर्वे फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
आर्मी फुटबल टोली भारत प्रस्थान
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।
महिला विश्वकप फुटबल : अर्जेन्टिनाको शानदार पुनरागमन
अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ। समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए।
फिफा विश्वकप छनोटमा नेपालको प्रतिद्वन्द्वी लाओस
सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र २०२७ मा आयोजना हुने एएफसी एसियन कप छनोट फुटबलको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको छ ।
फिफा महिला विश्वकप फुटबल : पोर्चुगलले जित्दा अमेरिकाको बराबरी
साबिक विजेता अमेरिका महिला विश्वकप फुटबलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकिँदा पोर्चुगलले भियतनामलाई हराएको छ ।
स्पेन र जापान नकआउट चरणमा
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । अर्को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले स्तब्ध बनाउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
साफ यू–१९ फुटबलको प्रशिक्षकमा सुनिल
सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाउनुभएको छ ।
महिला विश्वकप फुटबल : फिलिपिन्स र कोलम्बिया विजयी
फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले स्तब्ध बनायो ।
ब्राजिलको जितमा एरीको ह्याट्रिक
एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ ।
एएफसी कप क्वालिफायर्स : मच्छिन्द्रको तयारी सुरु
शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ ।