बरघरलाई फकाउँदै उम्मेदवार
निर्वाचन नजिकिँदै जाँदा गाउँ गाउँमा उम्मेदवारको चहलपहल बढ्दै गएको छ । विशेष गरी थारू समुदायको बाहुल्य भएका ग्रामीण क्षेत्रमा उम्मेदवारको ध्यान परम्परागत नेतृत्व मानिने महटाँवा, बरघरतर्फ केन्द्रित देखिन्छ । थारू समुदायमा महटाँवा, बरघर र भलमनसालाई सामाजिक, सांस्कृतिक तथा परम्परागत नेतृत्वका रूपमा मानिने गरिन्छ । जसको निर्णय र सुझावले गाउँको सामूहिक मत प्रभावित गर्ने गर्छ ।
ताप्लेजुङ निर्वाचनमा हुँदैछ चौपक्षीय रोचक भिडन्त
प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।
चुनावी मुद्दा व्यवस्थित अस्पताल
नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्तिलाल महत चुनाव प्रचारका लागि सिँजा क्षेत्रमा पुग्नुभएको छ । उहाँले सिँजा क्षेत्र अन्तर्गतका तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा पालिकास्तरीय भेलामार्फत चुनाव प्रचार गरिरहनुभएको छ । चुनाव प्रचारका क्रममा उम्मेदवार महतले सिँजा क्षेत्रका लागि व्यवस्थित अस्पताल स्थापना गर्ने प्रमुख चुनावी मुद्दा अघि सार्नुभएको छ ।
पर्यवेक्षकको पनि निगरानी गर्न सुझाव
यस पटकको निर्वाचनमा पर्यवेक्षकलाई पनि निगरानी गर्न राजनीतिक दलले सुझाव दिएका छन् । ज्येष्ठ नागरिक तथा अशक्तलाई सहयोग गर्ने नाममा कार्यकर्ता ओसार्ने गरिएको हुँदा यस पटकको निर्वाचनमा पर्यवेक्षकलाई पनि निगरानी गर्नुपर्ने जनाइएको हो ।
मुख्य दलबिच प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट ११ दलका उम्मेदवारले उम्मेदवारी दिएका छन् । तीमध्ये मुख्य चार दल कांग्रेस, एमाले, नेकपा र रास्वपाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
उच्च प्राथमिकतामा पूर्वाधार
लामो समयदेखिको राजनीतिक उथलपुथलपछि निर्वाचनमा होमिएका राजनीतिक दल विकास निर्माण र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर घोषणापत्र निर्माणमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल आआफ्ना घोषणापत्र लेखनको तयारीमा जुटेका हुन् ।
समानुपातिकमा पुरुषभन्दा महिला उम्मेदवार बढी
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेका बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलले पेस गरेका बन्दसूचीबाट ७६ जना हटाइएसँगै आयोगले मङ्गलबार बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको हो । सार्वजनिक नामावली अनुसार प्रतिनिधि सभाको ११० सदस्यका लागि तीन हजार १३५ उम्मेदवार कायम भएका छन् ।
रुकुमपश्चिममा रोचक प्रतिस्पर्धा
रुकुमपश्चिममा शान्ति प्रक्रियापछिका सबै निर्वाचनमा विजयी भएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मा यस पटक उहाँसहित ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन
फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन भएको छ ।
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन्।
निर्वाचन सुरक्षामा गृह मन्त्रालयको सक्रियता: ७७ जिल्लाका प्रजिअसँग भर्चुअल बैठक
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक सम्पन्न गरेको छ।
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताउनुभएको छ ।
कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
झापा-५ मा तालमेलको हल्ला मात्रै
झापा क्षेत्र नं. ५ अहिले सबैको ध्यान केन्द्रित भएको निर्वाचन क्षेत्रका रूपमा रहेको छ । यसभन्दा अघि तालमेल तथा गठबन्धनबाट प्रतिनिधि सभा निर्वाचनमा यहाँ उम्मेदवार बन्ने गरिएको भए तापनि यो पटक कसैको कोहीसँग तालमेल तथा गठबन्धन छैन ।
‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
नेकपा (एमाले) का उपाध्यक्ष, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अहिले देशको राष्ट्रियता र स्वाभिमान संकटमा रहेकाले त्यसलाई जोगाउन देशको लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभएको छ ।
सुकुम्वासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र साह (बालेन)ले सुकुम्वासीलाई नहटाउने बताउनुभएको छ।
निर्वाचन सुरक्षा : चार जिल्ला संवेदनशील
सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका दृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ।
निर्वाचनमा दुई हजारभन्दा बढी कर्मचारी परिचालन
सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्न दुई हजारभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ ।
ताप्लेजुङमा चौपक्षीय रोचक भिडन्त
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । कुल ९० हजार ३ सय २७ मतदाता सङ्ख्या रहेको ताप्लेजुङमा बिभिन्न दलका गरी १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
मतदान केन्द्र अनुगमन तीव्र : ६४ वटा मतदान केन्द्र अतिसंवेदनशील
जुम्लामा मतदानस्थल अनुगमन तीव्र पारिएको छ । जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले जुम्लाका मतदानस्थल अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
निर्वाचन आचारसंहिता पालना गर्न अनुगमन अधिकृतको अपिल
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जिम्मेवारी तोकिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सुनसरीमा निर्वाचन आचारसंहिता पालन गर्न अपिल गरेको छ ।
सम्पदा र सभ्यता संरक्षण व्यावसायिक वातावरण
नेपाली राजनीतिलाई नवीन रूपान्तरण र अग्रगामी दिशा प्रदान गर्ने राजनीतिज्ञलाई संसद्मा पुर्याएको काठमाडौँ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे बहस आरम्भ भएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसँगै सर्वोच्च अदालत र सङ्घीय संसद् भएको काठमाडौँ क्षेत्र नं. १ मा उम्मेदवारका मुद्दालाई केन्द्रमा राखेर विमर्श थालनी भएको हो ।
टरीगाउँ विमानस्थल बन्यो चुनावी एजेन्डा
हरेक निर्वाचनमा राजनीतिक दलले प्राथमिकतासाथ उठाउँदै आएको टरीगाउँ विमानस्थलको विषय यस पटक पनि प्रतिनिधि सभा निर्वाचनको प्रमुख एजेन्डाका रूपमा दोहोरिएको छ ।
सिराहा–३ मा बहुपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा सिराहा निर्वाचन क्षेत्र नं. ३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी