• २० माघ २०८२, मङ्गलबार

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

blog

फाइल तस्बिर

काठमाडौँ, माघ २० गते । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन भएको छ । 

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिन्हमा कायम भएका कुल तीन हजार एक सय ३५ उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको जानकारी दिनुभयो । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २९ को उपदफा (६) र प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १६ को उपनियम (२) बमोजिम सो बन्दसूची प्रकाशन भएको उहाँको भनाइ छ । 

निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार प्रकाशित बन्दसूचीमा एक हजार सात सय ७२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहनुभएको छ । अन्तिम बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।