सङ्घीय ढाँचाअनुसार वित्त व्यवस्थापन प्रभावकारी बनाउन आवश्यक : अर्थमन्त्री
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक सङ्घीय ढाँचामा गए पनि प्रभावकारी वित्त व्यवस्थापन अझै हुन नसकेको बताउनुभएको छ ।
शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार
शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
वैकल्पिक वित्तसम्बन्धी कानुन बन्दै, ५० अर्ब पुँजीको कोष बनाउने प्रस्ताव
सरकारले वैकल्पिक वित्त परिचालनसम्बन्धी कानुन निर्माण प्रक्रिया थालेको छ । परम्परागत लगानीका स्रोतका अतिरिक्त वैकल्पिक स्रोतहरुको पहिचान र उपयोग गर्ने उद्देश्यका साथ ‘वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदा बनिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
यस्तो छ तरकारी र फलफूल आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ३१४ परियोजना छनोट
स्टार्टअप उद्यम कर्जाका लागि एक हजारभन्दा बढी परियोजना छनोट भएका छन् । सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८१ अनुसार कर्जा प्रदान गर्नका लागि एक हजार ३१४ परियोजना छनोट गरेको हो ।
सेयर खरिदबिक्री पूर्वस्वीकृति अनिवार्य
काठमाडौँ, पुस २२ गते । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले अनुमतिपत्र सेवाप्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै सेयर संरचनामा पनि कुनै परिवर्तन गर्नुपर्ने प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । पछिल्लो समय दूरसञ्चार सेवाप्रदायकको सेयर खरिदबिक्री तथा संरचना परिवर्तन हुँदा राज्यले प्राप्त गर्नुपर्ने कर छलीलगायतका प्रवृत्ति देखिन थालेका छन् । त्यस्तै सेयर स्वामित्वमा परिवर्तन हुँदा पनि त्यसको पूर्वजानकारी नियामकलाई उपलब्ध नगराउने प्रवृत्ति सेवाप्रदायकमा देखिन थालेको छ । स्वीकृति नलिई सेयर खरिदबिक्री तथा संरचना परिवर्तन गरेको पाइएमा कारबाही गर्ने पनि जनाएको छ ।
अप्पर मस्र्याङ्दी–१ का लागि लगानी जुट्यो
१०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ । उक्त बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबिच लगानी गर्ने सहमति भएको हो ।
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
माघे सङ्क्रान्ति : चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)
माघे सङ्क्रान्तिका लागि टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त छन्। घ्यू र चाकु खाएर मनाइने माघे सङ्क्रान्ति पर्वका लागि बजारको माग अनुसार व्यवसायी चाकु उत्पादनमा व्यस्त बनेका हुन्।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार पाँच सय ९१ दशमलव ५६ को बिन्दुमा कायम भएको हो ।
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
उत्पादन बढे पनि घटेन चामल आयात
यस वर्ष धानको उत्पादन बढे पनि चामलको आयात भने कम हुुन सकेको छैन । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष मुुलुकभर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत आवको तुलनामा चार प्रतिशतले बढी हो ।
कर्णालीमा पचहत्तर अर्बभन्दा बढी निक्षेप
कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०-८१ मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढेर ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
अमेरिकी डलरको मूल्य उकालो
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ ।
माघ सांस्कृतिक महोत्सव सुरु
दाङको घोराहीमा शुक्रबारदेखि माघ सांस्कृतिक महोत्सव सुरु भएको छ ।
सेरामिक इन्डस्ट्रिज प्रथम
बुटवलमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा सहभागी पाँच सय स्टलमध्ये नेपाल सेरामिक इन्डस्ट्रिज प्रालि प्रथम भएको छ ।
तरुल खन्ने चटारो
तरुलको व्यावसायिक खेती हुने सर्लाहीको बागमतीमा धमाधम तरुल खन्न सुरु गरिएको छ ।
विदेश छाडेर पशुपालनमा रमाउँदै दाजुभाइ
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, बिरौटाका कृष्ण र शिव खड्काले वैदेशिक रोजगारीबाट गाउँ फर्किएर थालेको व्यावसायिक पशुपालनबाट राम्रो आम्दानी लिनुभएको छ ।
निक्षेप फिर्ता गर्दै समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्क
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैङ्कले निक्षेप फिर्ता गर्न थालेको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ ।
बढ्न थाल्यो अलैँचीको मूल्य
पछिल्लो केही सातासम्म स्थिर रहेको अलैँचीको मूल्य शुक्रबार बढेको स्थानीय व्यवसायीले बताएका छन्। सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी कमल बरालका अनुसार अलैँचीको मूल्य बढेर प्रतिमन एक लाख नौ हजार रुपियाँसम्म पुगेको छ।