पाँच महिनामा मूल्यवृद्धि उच्च
मुलुकको मुद्रास्फीति दर छ प्रतिशतको विन्दुभन्दा माथि लागेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो वर्षको तुलनामा बढेको हो ।
सिमेन्ट खरिद रोक्ने चेतावनी
सिमेन्टमा पछिल्लो समय अत्यधिक मूल्यवृद्धि गरिएको विरोधमा हार्डवेयर व्यवसायी आन्दोलित छन् । उनीहरूले उद्योगले उत्पादन गरेको सिमेन्ट खरिद गरेर बिक्रीसमेत नगर्ने चेतावनी दिएका छन् ।
गाउँलाई आफ्नै उत्पादन हितकारी
देशमा बजार अर्थतन्त्र हाबी भएर स्थानीय उत्पादन क्रमशः लोप हुँदै गइरहेका बेला खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का केही गाउँमा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीका पेय पदार्थलाई विस्थापित गर्दै स्थानीय उत्पादन मात्र प्रयोग गर्ने अभ्यास थालिएको छ ।
सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदाशयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ।
ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गरिने
साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
स्ट्रबेरी खेती
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित रतनपुरमा करिब नौ कट्ठा भाडाको जग्गामा व्यवसायिक रुपमा लगाइएका विन्टर डाउन जातको स्ट्रबेरी खेती ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
टोखाको चाकु विदेश पठाउन स्वीकृति
माघे सङ्क्रान्ति आउन अब केही दिन मात्र बाँकी छ । यस समयमा काठमाडौँ, भक्तपुर र ललितपुरका अधिकांश नेवार समुदाय चाकु बनाउनमा व्यस्त छन् । काठमाडौँ उपत्यकाको उत्तरी भेगको मध्य भागमा रहेको प्राचीन सहर टोखा नेवार बस्ती हो ।
पर्वतमा आठ करोड लगानीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना
पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मा नगरपालिका ५ स्थित काली गण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रा.लिले आठ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।
अमेरिकी डलर र युरो स्थिर रहँदा अन्य विदेशी मुद्राको मूल्य घटबढ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
तयार हुँदै कर्णाली कृषि विकास रणनीति
कर्णाली प्रदेश सरकारले प्रादेशिक कृषि विकास रणनीतिक योजना निर्माण गर्न लागेको छ ।
‘लगानीको वातावरण बनाउँदै छौँ’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशमा लगानीको वातावरण बनाउन पहल भइरहेको बताउनुभएको छ ।
रोकिन थाल्यो सिमेन्ट निर्यात
भारत सरकारको ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) ले गुणस्तरसम्बन्धी इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क (सर्टिफिकेट) नवीकरण नगर्दा नेपाली सिमेन्ट निर्यात रोकिएको छ ।
रोजगारीमा बढेन आकर्षण
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत भएका बेरोजगार युवाको सङ्ख्या आठ लाखको हाराहारी रहेकामा चालु आर्थिक वर्ष २०८१/८२ को करिब पाँच महिनामा एक हजार १३८ मात्रै रोजगारीमा आबद्ध भएका छन् ।
छिटो कोरिया पठाइदिन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान भिसा प्राप्त श्रमिकलाई छिटो पठाउने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
धान खेतीको क्षेत्रफल घट्दै, उत्पादन बढ्दै
मुलुकभर धान रोप्ने जमिनको क्षेत्रफल घट्दै गए पनि उत्पादन भने बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धानको क्षेत्रफल घट्दै गएको छ ।
हस्तकलाले बदलियो माछा मार्ने पेसा
बर्दियाको राजापुर नगरपालिका–३ की सिताबी थारूलाई हिजोआज कर्णाली नदीमा माछा मार्ने समयमा घरमै हस्तकला सामग्री बनाउन भ्याइनभ्याइ छ ।
‘फ्लाई ओभर’ अन्ततः ‘ओभर पास’
ललितपुरको ग्वार्को क्षेत्रको यातायात सहजीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यसहित चक्रपथमा निर्माणाधीन भौतिक संरचना ‘फ्लाई ओभर’ नभई ‘ओभर पास’ रहेको खुलासा भएको छ ।
१० वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन सम्भव
ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र–२०८१’ सार्वजनिक गर्नुभएको छ ।
टीकापुरमा सम्भावनाको ढोका खुलेको छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह
वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार थोकमा प्रतिकेजी अधिकतम रु आठ सयमा बिक्री भएको सिताके च्याउको मूल्य आज आधाभन्दा बढीले घटेर प्रतिकेजी तीन सय ३० मा बिक्री भइरहेको छ ।
चालु आवको त्रैमासिक आर्थिक वृद्धि ३.४ प्रतिशत
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कुल गार्हस्थ उत्पादन वृद्धिदर (जिडिपी) ३.४ प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक असरले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।