विद्यालयको स्रोत जुटाउन तरकारी खेती
रुपन्देहीको सैनामैना नगरपालिका–२ मा रहेको कालिका आधारभूत विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै तरकारी खेती गरेर आर्थिक स्रोत जुटाउन अभियान नै थालिएको छ ।
बाँझो जग्गामा बाह्र लाखको किवी
बर्सौंदेखि वनमाराले ढाकेको शिरकोटको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।
पर्यटकीय पूर्वाधार सुधार्न सुझाव
होटेल व्यवसायीले नेपालमा पर्यटकको सङ्ख्या बढाउन पूर्वाधार सुधार गर्न सरकारलाई सुझाव दिएका छन् ।
‘एसएमई’ लाई सहज बन्यो पुँजी बजार
पुँजी बजारमा साना तथा मझौला कम्पनीको पनि सहज प्रवेश हुने भएको छ ।
दुई कम्पनीलाई आइपिओ निष्कासन अनुमति
नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई प्रारम्भिक निष्कासन (आइपिओ) को अनुमति दिएको छ ।
सुख्खा बन्दरगाह भन्सारबाट २३ अर्ब ३४ करोड राजस्व असुली
वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा २३ अर्ब ३४ करोड ३३ लाख १९ हजार रुपियाँ राजस्व संकलन गरेको छ ।
छ महिनामा चार मुख्य भन्सार कार्यालयको राजस्व सङ्कलन ७५ प्रतिशत
चालु आर्थिक वर्षको ६ महिनामा चार वटा मुख्य भन्सार कार्यालयले ७५ प्रतिशत राजस्व सङ्कलन गरेका छन् । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा वीरगञ्ज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ७५ प्रतिशत राजस्व सङ्कलन गरेका हुन् ।
सुनचाँदीको मूल्य बढ्यो
स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. एक हजार दुई सयले वृद्धि भई रु. एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको पहेंलाे धातु रु. एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो
चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताउनुभएको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालीमाटी फलफूल तरकारी विकास समितिले बिहीबारका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
विद्यार्थीले फलाएको तरकारी दिवा खाजामा
सिन्धुपाल्चोकको विकट गाउँ बाह्रबिसे नगरपालिका–२ स्थित मङ्गलादेवी जनजागृति आधारभूत विद्यालयका विद्यार्थीले विद्यालयमै तरकारी खेती गरेका छन् ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव
खोटाङ, माघ ३ गते । किरात यले दोङ (किरात संवत्) ५०८५ को अवसर पारेर ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ औपचारिकरुपमा सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र पूर्वमन्त्री सुदन किरातीले खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुभएको हो । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा ‘मुन्दुम ट्रेल’ पदमार्ग आसपास पर्ने विभिन्न स्थानीय तहहरुले आ–आफ्नो अनुकूल महोत्सव आयोजना गरेका छन् । मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई भव्यरुपमा सफल बनाउन आसपासका स्थानीय तहहरुमा यामअनुसार पर्यटनसँग सम्बन्धित विभिन्न महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको आयोजक आयोजक मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।भ्रमण वर्षको पहिलो दिन ९मङ्गलबार० भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले चखेवाभञ्याङमा पाँच दिने महोत्सव आयोजना गरेको छ । यही माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकार, विभिन्न जातजातिको सांस्कृतिक झाँकी तथा कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उँधौली–उँभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव गर्ने स्थानीय तहहरुले जनाएको छ । यस्तै, भोजपुरको भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथन तथा माउन्टेन साइक्लिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सवलगायतका कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाइएको छ । सरकारले घोषणा गरेको सय वटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’को प्रचारप्रसार तथा प्रवद्र्धनका लागि भ्रमण वर्ष २०२५ आयोजना गरिएको अध्यक्ष राईले जानकारी दिुभयो । “मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा सफल पार्ने योजनाका साथ अगाडि बढेका छौँ । यो अवधिमा करिब एक लाख पर्यटक भित्र्याउन लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “मुन्दुम ट्रेल भर्जिन गन्तव्य हो । पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभाको सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ ।”खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ प्रकृतिप्रेमीअर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवं अनुसन्धान गर्न आउने पर्यटकका लागि रोजाइमा पर्ने गरेको छ । विसं २०७५ पुस २१ गते औपचारिकरुपमा घोषणा गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्नेलगायतका आधारभूत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरिएको छ ।खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘मुन्दुम ट्रेल’ पदमार्ग पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने जनाइएको छ । हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत नहुने पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष राईले जानकारी दिनुभएको छ । पदमार्गमा अधिकांश किरात समुदायका बस्ती रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’मा उल्लेखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको हो । ठूल्ठूला घाँसे मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढीअर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीरमौरी र विभिन्न जङ्गली जनावरसँग पनि त्यतिकै लुकामारी खेल्न पाइन्छ । मानवबस्ती कम पाइने ‘मुन्दुम ट्रेल’मा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् ।
पानी उद्योग सञ्चालन
गुल्मीमै पहिलो पटक पानी उद्योग सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका–३, छल्दीखोला किनारमा ‘रेसुङ्गा जल’ उद्योग प्रालि नामले शुद्ध पिउने पानी उद्योग सञ्चालनमा आएको हो ।
नेसनल लाइफले ल्यायो बाल अमृत बिमालेख
नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले बाल अमृत बिमालेख अन्तर्गत बाल अमृत ४ सावधिक बिमालेख ल्याएको छ ।
कृषि मिनी ल्याब स्थापना
सल्यानको कपुरकोटमा कृषि मिनी ल्याब स्थापना गरिएको छ ।
विदेशी भ्रूण हुर्काउँदै नेपाली गाई
कुखुराले हाँसको चल्ला र चिबे चराले कोइलीको बच्चा कोरेल्ने र हुर्काएको घटना त हामीले देखेकै र सुनेकै हो ।
वैदेशिक रोजगारीमा दक्ष युवा घटे
वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या पछिल्लो पाँच महिनामा नौ प्रतिशतसम्म घटेको देखिएको छ ।
कृषि कर्ममा पूर्वजनप्रतिनिधि
चारैतिर जङ्गलले घेरिएको सुनसान ठाउँ । त्यहाँ रहेको ठुलो ताल किनारमा खरले छाएको सानो कच्ची घरमा अचेल भेटिनुहुन्छ, पूर्वजनप्रतिनिधि कमलप्रसाद चौधरी ।
दुई सहकारीमा तालाबन्दी
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुई वटा सहकारी संस्थामा तालाबन्दी गरेको छ ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो।
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक आँैस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर कायम भएको छ ।
यस्तो छ तरकारी र फलफूलको आजको मूल्य
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
सबल सूचक, शिथिल अर्थतन्त्र
बैङ्कहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट पुसमा मात्रै पटक पटक गरेर चार खर्ब ८० अर्ब रुपियाँ खिचेको छ ।