पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना
इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।
नेप्से परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
फूलैफूलको सहर धरान
केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् ।
किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।
गण्डकी प्रदेशका बत्तिस स्थानीय तहद्वारा एकै पटक सम्झौता
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन गण्डकी प्रदेशका ३२ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन् । गण्डकी प्रदेश अन्तर्गतका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका ३२ वटा स्थानीय तहले शनिबार सामाजिक सुरक्षा कोषसँग एकै पटक सम्झौता गरेका हुन् । यससँगै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गण्डकी प्रदेशका स्थानीय तहको सङ्ख्या ३४ पुगेको छ ।
धानमा आत्मनिर्भर हुन चैते धानको क्षेत्रफल विस्तार गरिँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पुर्याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ ।
एउटै वडामा सात करोडको सुन्तला
पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभ नेपालले १४ रोपनीमा चार सय बोट सुन्तला रोप्नुभएको छ । त्यसमध्ये यस वर्ष २५० बोटमा फलेका सुन्तलाबाट साढे नौ लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो । यस वर्ष उत्पादनसँगै मूल्य पनि बढेको उहाँ सुनाउनुहुन्छ । वर्षौंदेखि सुन्तला खेती गर्दै आउनुभएका मचिन्द्र आङ्देम्बे पनि पालिकाले वडालाई पकेट क्षेत्र घोषणा गरेर किसानलक्षित कार्यक्रम सुरु गरेपछि झनै हौसिनुभएको छ । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने भएकाले रोग, किराको उपचार र सामान्य गोडमेल गर्दा राम्रो आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ ।
पाम र भटमासको तेलको व्यापार घट्दा आयातनिर्यातमा सङ्कुचन
कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो ।
आलुखेतीमा डढुवा कीराको सङ्क्रमण
चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् ।
प्रशोधन केन्द्र खोल्ने सम्झौता
कर्णाली प्रदेशमा उत्पादित रैथाने बालीको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्ने सम्झौता भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेत प्रादेशिक कार्यालयबिच सम्झौता भएको हो । कम्पनीले चालु आर्थिक वर्षमा १९ हजार ४६४ मेट्रिक टन कर्णालीको रैथाने बाली खरिद गर्ने लक्ष्य अनुरूप प्रशोधन केन्द्र स्थापना गर्ने गरी सो सम्झौता भएको हो ।
जैविक विविधता जोगाउन आवश्यक
नेपाल कृषि जैविक विविधतामा सम्पन्न भएको देश हो र त्यसलाई जगेर्ना गर्नुपर्ने सरोकारवालाले धारणा राखेका छन् । दोस्रो कृषि जैविक विविधता दिवसका अवसरमा खाद्यका लागि कृषि अभियान, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र लिवर्ड नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले सो धारणा राखेका हुन् । पछिल्लो समय कृषि क्षेत्रको जैविक विविधताको ह्रासले कृषि प्रणालीमा सङ्कट निम्त्याउन लागेको बताउँदै उनीहरूले यसको जगेर्ना गर्न आवश्यक रहेको कुरामा जोड दिए ।
सात दिनसम्म बिजुली जाने स्थान (तालिकासहित)
काठमाडौँमा आज (आइतबार)देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
बढे गहुँ खेती गर्ने कृषक
सुनसरीमा यस वर्ष गहुँ खेती गर्ने कृषक बढेका छन् । कृषि ज्ञान केन्द्र सुनसरी र स्थानीय पालिकाहरूले गहुँ खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि जिल्लामा गहुँ खेती गर्ने किसान बढेका हुन् । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षभन्दा यस वर्ष गहुँ खेती गर्ने कृषक बढेका छन् । गत वर्ष १२ हजार २३७ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकामा यस वर्ष १२ हजार ८०५ हेक्टर क्षेत्रफलमा गहुँ खेती लगाइएको छ । उहाँले भन्नुभयो, “जिल्लाका स्थानीय पालिकाहरूले कृषकलाई गहुँ खेती गर्न प्रोत्साहनका कार्यक्रम ल्याएपछि जिल्लामा गहुँ खेती गर्ने कृषक बढेका हुन् ।”
अलपत्र ‘मिसन मुसुरो’
वार्षिक २० हजार मेट्रिक टन मुसुरो उत्पादन गर्ने दीर्घकालीन योजनासहित बाँकेमा २०७३ सालमा सुरु गरिएको ‘मिसन मुसुरो’ कार्यक्रम अहिले अलपत्र अवस्थामा छ । नेपाल उद्योग वाणिज्य महासङ्घले विभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका विभिन्न जिल्लामा सञ्चालन गरेको ‘एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्तर्गत बाँकेमा मुसुरो खेतीलाई छनोट गरिएको थियो ।
कालीकोटमा किवी खेती, दिन थाल्यो फल
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–११, बराँतु गाउँका किसानले तरकारी र फलफूल खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादनका हिसाबले उर्वर भूमि भएको बराँतु बस्ने नागरिक कोही पनि बेरोजगार छैनन् । कोही सरकारी सेवामा छन् भने कोही आफ्नै बारीमा तरकारी र फलफूल खेती गरेर स्वरोजगार बनिरहेका छन् । कृषि विकास कार्यालय कालीकोटले पनि सुरुदेखि विभिन्न अनुदान बराँतुलाई दिँदै आएको छ ।
कोषबाट पचास हजारभन्दा बढीले लिए स्वास्थ्य सेवा
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेका ५० हजार ७७१ योगदानकर्ताले ७६ अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् । कोषका अनुसार औपचारिक, अनौपचारिक र स्वरोजगारतर्फका चार लाख ७५ हजार ६७३ योगदानकर्तामध्ये त्यो सङ्ख्याका योगदानकर्ताले ती अस्पतालबाट स्वास्थ्य सेवा लिएका हुन् ।
विद्युत रोयल्टीबापत सरकारले उठायो तीन अर्ब १५ करोड ५१ लाख
सरकारले विभिन्न जलविद्युत आयोजनाबाट तीन अर्ब १५ करोड ५१ लाख ८८ हजार बराबरको रोयल्टी सङ्कलन गरेको छ । सरकारले निर्माण सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाबाट निश्चित रकम रोयल्टीबापत सङ्कलन गर्ने गर्छ ।
पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन
सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकि, यस वर्ष उहाँहरूले सोचेअनुसारको कमाइ भएन ।
उद्योगले सहुलियत मूल्यमा ग्यास नपाउने
नेपाल आयल निगमले औद्योगिक प्रयोजनमा खपत हुने ग्यास परल मूूल्यमा बिक्री गर्ने तयारी गरेको छ । घरायसी र औद्योगिक प्रयोजनका लागि एउटै मूल्य कायम रहेकोमा दोहोरो मूल्य कायम गर्ने गरी अध्ययन गरिरहेको निगमले जनाएको छ ।
सक्खर र जुजुधौको आधिकारिकता लिँदै सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जुजुधौ, सुन्तला, सक्खरको भौगोलिक सङ्केत प्राप्त गर्नका लागि प्रक्रिया सुरु गरेको छ । कृषि मन्त्रालय अन्तर्गतको राष्ट्रिय जिन बैङ्कले त्यो प्रक्रिया सुरु गरिसकेको छ ।
लक्ष्यको ६७ प्रतिशत राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सकलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार संकलन भएको जनाएको छ ।
पथरी शनिश्चरेमा नगर खेलकुद महोत्सव हुँदै
मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई दृष्टिगत गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव-२०८०’ मा सात विधामा प्रतिस्पर्धा हुने नगरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।