तरकारी बेच्न अब्बल थारु महिला
धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको कुनै दिन छैन ।
भैँसीपालनबाट मनग्य आम्दानी
दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैंसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ ।
कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत
कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
सामाजिक सुरक्षा कोष र एचआइडिसिएलबिच सम्झौता
सामाजिक सुरक्षा कोष र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बिच लगानीमा सहकार्य गर्नेबारे सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र एचआइडिसिएलका अधिकृत अर्जुनप्रसाद गौतमबिच मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
पाँच वस्तुको निर्यात उच्च
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला पाँच वस्तुको निर्यातमा भने वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा मुलुकबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूमा आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड रहेका छन् । छ महिनामा स्वदेशी वस्तुको कुल निर्यात ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँको निर्यात भएका बेला पाँच वटा वस्तुको निर्यात २३ अर्ब ७३ करोड १४ लाख रुपियाँ बराबरको भएको छ ।
अवैध आयात हुने उपभोग्य वस्तु निषेध गर्न व्यवसायीको माग
कपिलवस्तुको विभिन्न सीमा क्षेत्रबाट अवैध रुपमा आयात हुने उपभोग्य वस्तु निषेध गर्नुपर्ने माग व्यवसायीले गरेका छन्।
बजेट अभावले अर्घाखाँचीका एक सय ३१ खानेपानी योजना अलपत्र
जिल्लामा चालु वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
दुना टपरी उद्योगबाट मासिक चार लाख आम्दानी
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना,टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्राेत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।
अभिमुखीकरण तालिम नयाँ कार्यविधि, कार्यान्वयनमा लैजान सहमत
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दोस्रो संशोधित कार्यविधि अनुसार सञ्चालन गर्ने विषयमा सरोकारवाला संस्थाहरूले प्रतिबद्धता जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान तालिम प्रदायक संस्था र अन्य सरोकारवाला संस्थाका प्रतिनिधिसँग गरेको छलफलमा सहभागीले नयाँ कार्यविधि अनुसार तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्रालयका अनुसार अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ को दोस्रो संशोधनमा गरिएका प्रावधान बिस्तारै कार्यान्वयनमा लैजाने विषयमा तालिम प्रदायक संस्थाहरू सहमत भएका छन् ।
स्टार्टअपलाई तीन प्रतिशत ब्याजमा पच्चिस लाखसम्म कर्जा
सरकारले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० स्वीकृत गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्न हालै सो कार्यविधि संशोधन गरेर स्वीकृत गरेको हो ।
अलैँचीको मूल्यवृद्धिसँगै किसान आकर्षित
खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान अहिले अलैँची खेतीतर्फ लागेका छन् । अरुण गाउँपालिका–२, चम्पेका गुणराज राईले यस वर्ष सात मन प्रतिमन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेच्नुभयो तर मूल्य बढेर अहिले प्रतिमन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उहाँ सन्तुष्ट हुनुहुन्छ ।
‘स्टार्टअप कर्जा कार्यविधि’ स्वीकृत
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ ।
कारोबारको दोस्रो दिन पनि नेप्से परिसूचक बढ्यो
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साता कारोबारको सुरुवाती दुई दिन लगातार बढेको छ । आइतबार दोहोरो अङ्कले बढेको परिसूचक आज १० दशमलव २६ अङ्कले उकालो लागेको हो ।
धनकुटाका दुध किसानले पाएनन् नौ करोड ७० लाख
धनकुटाको छथर जोरपाटी गाउँपालिका एकमा रहेको श्रीकृष्ण कृषि सहकारी संस्थाले नेपाल सरकार स्वामिप्तोको दुग्ध बिकास संस्थानवाट रकम भुक्तानी नपाएको पाँच महिना भयो । साउन महिनाको १५ गते सम्मको भुक्तानी पाएको सस्थाले त्यस यता एक रुपैया पनि पाएको छैन ।
काम नगर्ने बाइस वटा निर्माण कम्पनी कालोसूचीमा (नामसहित)
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
राडी पाखी बुनेर गुजारा चलाउँदै श्याम दम्पती
दोलखाको उत्तरी दुर्गम सुरीका दम्पतीले विभिन्न आरोह अवरोह खेपेर पनि राडी पाखी बुन्ने पेसालाई जेनतेन अहिलेसम्म जोगाइ राख्नु भएको छ ।
विद्युत् विधेयकमा उत्पादककै असन्तुष्टि
विद्युत् विधेयक २०८० मा निजी क्षेत्रले असहमति जनाएको छ । संसद्को पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिँचाइ उपसिमितिमा आइतबार भएको छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का प्रतिनिधि तथा अन्य सरोकारवालाले उक्त विधेयकभन्दा २०४९ कै विधेयक संशोधन गर्दा उपयुक्त हुने सुझाव दिए ।
एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र छ उद्योगबिच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार एक हजार ६६५ जनाले विभिन्न उद्योगका लागि आवश्यक सिप तथा क्षमताको प्रशिक्षण र त्यसपछि रोजगारी प्राप्त गर्ने छन् । सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी अधिकृत दीपक घिमिरे, परिसङ्घका तर्फबाट महानिर्देशक दीपकराज जोशी र सम्बन्धित उद्योगका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ ।
अप्पर सेतीमा लक्ष्मी सनराइजको लगानी
कास्की जिल्लाको सेती नदीमा बनाउन प्रस्ताव गरिएको माथिल्लो सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैङ्कले लगानी गर्ने भएको छ । कुल चार अर्ब दुई करोड रुपियाँ लागत अनुमानको सो आयोजनामा ७५ प्रतिशत लगानी गर्ने गरी सम्झौता भएको अप्पर सेती हाइड्रो प्रालिले जनाएको छ । २० मेगावाट क्षमताको अप्पर सेती हाइड्रोले २०७८ माघमा विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादनको अनुमति पाएको थियो । आयोजनाले गत असोज १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ ।
पूर्वाधार करबाट उठ्यो एक खर्ब पच्चिस अर्ब
पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब रुपियाँ सङ्कलन भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा एक खर्ब २५ अर्ब ३५ करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको हो ।
श्रम अडिट गर्ने रोजगारदाता बढे
सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ । मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै एसडिजी लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम अडिट गर्ने रोजगारदाताको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसाय सुरक्षा विभागका अनुसार श्रम ऐन, नियमावली र छ वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनमा प्राथमिकता दिएर काम गर्दै आएको छ ।
हिमालयन हाइड्रो एक्स्पो वैशाखमा
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ । हरेक दुई वर्षमा गर्दै आएको हाइड्रो एक्स्पो आगामी वैशाख १२ गतेदेखि १४ गतेसम्म गर्न लागेको इप्पानले जनाएको छ । एक्स्पो आयोजनाका लागि इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने र १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने निश्चित गरेको छ । यही सम्भावनालाई यथार्थमा रूपान्तरण गर्ने गरी जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो । एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।