दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो
म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो ।
साउदीको कम्पनीले श्रमिकको पारिश्रमिक लिन बोलायो
विश्वव्यापी कोभिड–१९ का कारण बन्द भएका साउदी अरबको रोजगारदाता कम्पनीले नेपाली श्रमिकको बाँकी पारिश्रमिकबापतको रकम लिन बोलाएका छन् । साउदी अरबस्थित साउदी कन्सिच्युसन कम्पनी (एससिडिसी) नामक रोजगारदाता कम्पनीमा कार्यरत नेपाली श्रमिक कोभिड–१९ मा घर फर्किएका आठ जना नेपाली श्रमिक पुनः काममा नफर्किएको भन्दै अहिले बाँकी पारिश्रमिकबापतको रकम दिन बोलाएको हो ।
बैंकले योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा.प्रकाशशरण महतले अब बैंकले धितोबेस कर्जा भन्दा पनि योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ। बुधबार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन
जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
सुनसान ढोरपाटन, होटल व्यवसाय ठप्प
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।
नेप्सेको ओरालो यात्रा कायमै
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।
माटोमा अम्लीयपन बढ्दा उत्पादन घट्दो
किसानले बालीमा जथाभाबी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लीयपन बढ्दै गएको छ ।
राष्ट्रिय वाणिज्य बैङ्क ५९औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ ।
अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चार वर्षमा पनि सम्पन्न भएन
जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ ।
अर्थतन्त्रलाई सबल बनाउन वाणिज्य बैङ्कको भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ ।
‘कार्यान्वयनयोग्य योजना तर्जुमा हुनुपर्ने’
विकास निर्माणमा देखिएका विद्यमान समस्या समाधान गर्ने प्रस्ट योजनासहित आगामी योजना तर्जुमा गर्नुपर्ने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ ।
छ महिनामा चार अर्बको अलैँची निर्यात
मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।
भूगोल अनुसार मलखाद प्रयोगको सिफारिस
सरकारले विभिन्न बालीका लागि कुन ठाउँमा कति मल हाल्ने त्यसको मात्रा तय गरेको छ । २०७५ सालदेखि माटो विज्ञान समूहले यसको अध्ययनको काम सुरु गरेको थियो । चार वर्ष लगाएर अध्ययन पूरा गरी सिफारिस गरिएको मात्रा पालिकाहरूमा पठाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा
मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पोखरा विमानस्थलबाट हुने उडान बढ्दो
पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।
यस पटकको बजेट कनिका छरेजस्तो हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ ।
सुनजस्तै तनहुँका सुन्तला
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु. ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दुधको भुक्तानी
इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।
रैथाने बालीको परिकार प्रदर्शनी
स्थानीय महिलाले रैथाने बालीको परिकार तयार गरेर प्रदर्शनी गरेका छन् । रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरी आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो । सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले महिलाले रैथाने बालीको परिकार बनाउन सिक्दै त्यसको प्रदर्शनी गरेको बताउनुभयो । उक्त वडाका ४० महिलाले परिकार तयार पार्ने सिप सिक्दै परम्परागत परिकारभन्दा नयाँ नयाँ परिकार तयार पारेर प्रदर्शनी गरेका हुन् ।
फलफूल प्रशोधन उद्योग सञ्चालन
जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो ।
कफी खेतीबाट विस्थापित हुँदै किसान
पाल्पामा कफी खेती गर्ने किसान विस्थापित भएका छन् । कफीमा लाग्ने गभारो रोगलाई नियन्त्रण गर्न नसक्दा चार दशकदेखि कफी खेती गर्दै आएका किसान विस्थापित भएका हुन् ।
चार महिनादेखि सिमेन्ट उद्योग बन्द
आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
सिमेन्ट उत्पादन बत्तिस प्रतिशतले घट्यो
सिमेन्ट उत्पादन ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।