• १३ साउन २०८१, आइतबार

अर्थतन्त्रलाई सबल बनाउन वाणिज्य बैङ्कको भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड

blog

काठमाडौँ, माघ १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय अर्थतन्त्रलाई थप सबल र गतिशील बनाउन राष्ट्रिय वाणिज्य बैङ्कले खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभएको छ । नेपालको कृषि, उद्योग, पर्यटन, वाणिज्य, व्यापार र सेवा लगायतका क्षेत्रमा लगानीका माध्यमद्वारा उच्च योगदान पुर्‍याएको बताउँदै ५९ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिनुभएको छ । 

शुभकामना सन्देश मार्फत उहाँले वि.सं. २०२२ सालमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्कले स्थापनाकालको ५९ औँ वर्ष प्रवेश गर्न लागेको जानकारी पाउँदा खुसी लागेको बताउनुभएको छ ।

माघ १० गते बुधवार देखि यो बैङ्क ५८ वर्ष पुरा गरी ५९ औँ वर्षमा प्रवेश गरेको छ ।  बैकले आफ्नो सेवा तथा सुविधाहरूमा समसामयिक सुधार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति अनुरूप परिष्कार र परिमार्जन गर्दै देशको आर्थिक विकासमा निरन्तर क्रियाशील रहँदै बैङ्किङ क्षेत्रकै उदाहरणीय संस्था बन्न सक्ने बताउनुभएको छ ।