नेपाली श्रमिकको पहिलो गन्तव्य युुएई
चालुु आर्थिक वर्ष २०८०÷८१ को पहिलो छ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको छ महिनामा तीन लाख ४३ हजार ४०५ जनाले श्रम स्वीकृति लिएकामा युुएईका लागि लागि ८४ हजार ८५९ जनाले श्रम स्वीकृति लिएका छन् ।
ऊर्जा खपत बढाउने तयारी
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माणलगायतका तहमा काम गरिरहेको बताउनुभएको छ ।
काम्लो बेचेर घर खर्च
पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ । काम्लोका भारी पिठ्यँुमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आउनुभएको विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्नुहुन्छ । पूर्वी रुकुमको लुकुम गाउँबाट आउनुभएकी विनमायाले गर्मी याममा निर्माण गर्नुभएको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्नुहुन्छ ।
बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण
म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताउनुभयो ।
उच्च मूल्यमा अलैँची, प्रतिमन ७७ हजारमा कारोबार
ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो ।
स्थानीय तहले श्रमिकलाई कोरिया पठाउन नपाउने
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले कोरियाका एक कम्पनीसँग मौसमी कामदार पठाउने गरी सम्झौता गरेकाे छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहहरूले समझदारी गरेर मौसमी कामदारका रूपमा श्रमिकलाई कोरिया पठाउन नपाउने जनाएको छ ।
छ महिनामा झन्डै पाँच अर्ब राजस्व सङ्कलन
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको छ महिना (साउन–पुुस) मा पाँच अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुुस मसान्तसम्म चार अर्ब ९१ करोड ४३ लाख ६४ हजार रुपियाँ राजस्व सङ्कलन गरेको महानगरले जनाएको छ ।
एडिबीसँग ऋण र अनुदान सम्झौता
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर (करिब २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ ।
नागरिक लगानी कोषमा पर्वतकुमार कार्की नियुक्त
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नेप्से परिसूचकमा १२ दशमलव १० अङ्कको गिरावट
तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ०६ विन्दुमा कायम भएको छ ।
सरकारको निर्देशनलाई आयोजना प्रमुखहरूले टेरेनन्
सबै ठेक्कामा म्याद थप्ने सरकारको निर्णय गरेको छ । तत्काल म्याद थप गरी आयोजना कार्यान्वयन गर्न प्रमुखहरूलाई सरकारले निर्देशन दिए पनि अटेर गरेर अझै पनि म्याद थप गरेका छैनन् ।
लगानी परियोजनाको सम्झौतामा अलमल
विराटनगर–९, पुरानो गुद्रीबजार भत्काएर व्यापारिक भवन निर्माणका लागि लगानी सुनिश्चित भएको छ । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको १४ कट्ठा जग्गामा २५ तले व्यापारिक भवन निर्माणका लागि डोर इन्टरनेसनलले लगानी प्रस्ताव पेस गरेको हो ।
किसानले पाएनन् दुध विक्रीको डेढ करोड बढी भुक्तानी
पाल्पाका किसानले छ महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । दुध तथा दुग्धजन्य पदार्थको खपत नहुँदा जिल्लाका पाँच सय बढी किसानले भुक्तानी पाउन नसकेका हुन् ।
दुग्ध पदार्थ मौज्दात राख्न कोल्ड स्टोर अभाव
डेरी उद्योगीले दुग्धजन्य पदार्थ अत्यधिक मौज्दात रहन गएकाले त्यसलाई भण्डारण गर्न शीतभण्डारको अभाव रहेको बताएका छन् । आफ्नो रजत जयन्तीको उपलक्ष्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । डेरी उद्योगी एवं एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले पाँच अर्ब रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको तर त्यसलाई राख्ने ठाउँ नभएर बिग्रिने अवस्थामा पुगेको बताउनुभयो ।
साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता
मुलुकमा लगानी गर्न सबैभन्दा धेरै साना उद्योगमा विदेशी लगानी प्रतिबद्धता धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालुु आर्थिक वर्षको छ महिनामा (साउन–पुुस) सम्म २२६ उद्योगमध्ये सबैभन्दा धेरै २११ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
सेयरमा फराकिलो वृद्धि कारोबार पनि उच्च
सुधारिएको सेयर बजारले २२ सयको बिन्दु पछ्याएको छ । साताको तेस्रो दिन ५४ अङ्कले उकालो लागेको परिसूचकलाई साथ दिँदै कारोबार रकमले पनि आठ अर्ब नाघेको छ ।
कर्णाली प्रदेशमा बहुवर्षे योजनाको अवधि तीन वर्ष
कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले हरेक बहुवर्षे योजनाको अवधि तीन वर्ष हुने निर्देशिका पारित गरेको छ । वर्षेनी बहुवर्षे ठेक्काको नाममा हुने गरेको ढिलासुस्तीलाई समयमै सम्बोधन गर्न प्रदेश सरकारले यस्तो निर्देशिका ल्याएको हो ।
स्वास्थ्य बीमामा नागरिकको आकर्षण बढ्दै
बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए । स्वास्थ्य बीमा गर्न घरघरमा पुगेका दर्ता सहयोगीलाई स्वास्थ्य बीमाको महत्व बुझाउन मुस्किल थियो । मुस्किलले एक-दुई परिवार बीमामा आबद्ध भए पनि अरुले भने बेवास्ता गरेका थिए ।
राष्ट्रिय वाणिज्य बैङ्कको नगद लाभांश पारित
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैङ्कका १८ औँ वार्षिक साधारण सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ ।
आयल निगम प्रमुुख बन्न चौध जनाको आवेदन
नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि १४ जनाको आवेदन परेको छ । निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा पुुगेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट छनोट गर्न सूचना प्रकाशन गरेको थियो । सोही अनुसार कार्यकारी प्रमुुखमा १४ जनाको आवेदन परेको हो ।
‘भेप’को प्रयोग बढ्दा राजस्वमा धक्का
‘इलेक्ट्रोनिक भेप’ को प्रयोग बढ्न थालेपछि त्यसले देशको राजस्व सङ्कलनको लक्ष्यमै असर पारेको पाइएको छ । भेपको प्रयोग बढ्दा मुलुकभित्र चुरोटको प्रयोग घटेको र त्यसले राजस्वको मुख्य आधारमध्येको अन्तःशुल्क सङ्कलनमा धक्का पुगेको अर्थ मन्त्रालयको प्रारम्भिक ठहर छ ।
इपिएस परीक्षा दैनिक पाँच सिफ्ट
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न गाह्रो भएको हो ।
पेट्रोल, डिजल र मटितेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ २६ पैसा र डिजल ८३ पैसाले घटेर आएकाले निगम सञ्चालक समितिले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल र मटितेलको मूल्य घटाएको हो ।
बजेट अर्धवार्षिक समीक्षा : आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब
आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ ।