रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो : बजेट सुनिश्चितता गर्ने आश्वासन
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वासन दिनुभएको हो ।
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।
सकारात्मक लयमा आर्थिक र वित्तीय सूचक, मूल्यवृद्धि वाञ्छित सीमाभित्र कायम
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सुरुआती छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक तथा वित्तीय सूचकले सुधारको लय समातेको देखिएको हो ।
म्याग्दीका घुम्ती गोठ रित्तिँदै
शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ ।
हेटौँडा सिमेन्ट पुनः सञ्चालनमा
कोइला अभावका कारण गत असोजदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो ।
श्रीलङ्का आर्थिक सङ्कटको पाठ
विश्वका विभिन्न देशमा समय समयमा आर्थिक एवं वित्तीय सङ्कट आउने गरेका छन् । वित्तीय र आर्थिक सङ्कट आएका देशको सूचीमा श्रीलङ्का पनि सन् २०२२ मा पर्न गएको छ । श्रीलङ्कामा सुरुमा सन् २०२१ मा नै आर्थिक समस्या सुरु भएको थियो तर समस्या समाधान समयमा नै नहुँदा २०२२ को अप्रिलमा आइपुग्दा आर्थिक सङ्कट बढेर राजनीतिक सङ्कटसमेतमा परिणत भएर जनविद्रोह हुन पुग्यो । जसले गर्दा दुई वर्षअगाडि प्रचण्ड बहुमत ल्याएर निर्वाचित सरकार परिवर्तनसमेत हुन गयो भने तात्कालिक राष्ट्रपतिले देश छोड्नुपर्ने स्थिति आयो ।
खोटो सङ्कलनबाट बढ्दो आम्दानी
दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो । आर्थिक वर्ष २०७९/८० मा जिल्लाका नौ वटा समुदायिक वनबाट एक लाख सात हजार ९०७ केजी खोटो सङ्कलन भएर बिक्री हुँदा १२ लाख ९४ हजार ७८४ रुपियाँ आम्दानी भएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।
सामाजिक सुरक्षा कोषसँग मधेश प्रदेशका सतचालिस पालिकाको समझदारी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन मधेश प्रदेश ४७ पालिकाका प्रमुख र कोषबिच एकै पटक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । मधेश प्रदेश अन्तर्गत महोत्तरी, धनुषा र सर्लाही जिल्लाका ती पालिकाले सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषका योजनामा आबद्धता गराउने विषयमा कोषसँग एकै पटक सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
चामल खरिद गर्न टेन्डर आह्वान
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्न दोस्रो पटक टेन्डर आह्वान गरेको छ । पहिलो पटक टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन बजार मूल्य अनुसार चामल खरिद गर्ने गरी टेन्डर आह्वान गरेको हो । तीन लाख ३६ हजार क्विन्टल चामल खरिद गर्न कम्पनीले गत मङ्सिर ६ गते टेन्डर आह्वान गरेकोमा टेन्डर नपरेकाले पुन दुई लाख ७७ हजार क्विन्टल चामल खरिद गर्न टेन्डर आह्वान गरेको हो । कम्पनीले धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न टेन्डर आह्वान गरेको थियो । कम्पनीले धान चामल खरिद गरी दुर्गम तथा सुगम ठाउँमा सुपथ मूल्यमा खाद्यान्न वितरण गर्र्ने गरेको छ । बजारमा धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको थियो । तर चामल खरिद गर्न पहिलो पटक टेन्डर नपर्दा दोस्रो पटक टेन्डर आह्वान गरेको जनाइएको छ ।
हेटौँडा कपडा उद्योगमा सेना र सरकारको चासो
हेटौँडा औद्योगिक क्षेत्रस्थित हेटौँडा कपडा उद्योग लिमिटेड बन्द भएको दुई दशकभन्दा बढी भइसकेको छ । लामो समयदेखि बन्द रहेको कपडा उद्योग सरकार परिवर्तनसँगै नीति र कार्यक्रममा बन्द र रुग्ण पुनः सञ्चालनको सूचीमा परेसँगै चर्चामा आउने गरेको छ । पछिल्लो समय नेपाली सेनाले बन्द भएर खण्डहर अवस्थामा पुगेको सो उद्योग सञ्चालनमा चासो देखाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको कपडा उद्योग पुनः सञ्चालनमा सेनाले चासो देखाउँदै सरोकारवालासँगको छलफललाई तीव्र बनाएसँगै सरकारले पनि बन्द अवस्थामा रहेको कपडा उद्योग सञ्चालनका लागि तयारी थालेको छ ।
नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दो
रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् ।
नेप्से परिसूचक बढ्यो
यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो ।
छ महिनामा करिब तीन अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।
मेहनत गरेको रकम पाउँदा आमाछोरी दङ्ग
दोलखाको सदरमुकाम चरिकोट स्थितको हाम्रो जनकल्याण सहकारी संस्था लिमा पुगेर आफ्नो सिपको पहिलो पटक नगद पाउँदा दलित आमाछोरी अचम्मित हुनु भएको छ ।
एसियन लाइफले हकप्रद सेयर जारी गर्ने
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी पाँच अर्ब पुर्याउन लाभांशपश्चात् ४२ प्रतिशत अर्थात् एक कित्ता सेयरबराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
समन्वयको अभावमा किसानसमक्ष पुगेन कृषि अनुसन्धान
कृषि तथा पशुपन्छीको क्षेत्रमा भएका अध्ययन तथा अनुसन्धानका विषय कृषकसमक्ष नपुगेको गुनासो आउने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूले अनुसन्धान गरेका हुन्छन् तर ती दराजमै तथा अनुसन्धान केन्द्रमै सीमित भएको गुनासो आइरहेका छन् । यस्तो गुनासो कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले पनि गर्नुभएको छ । उहाँले पनि कृषि तथा पशुपन्छीको क्षेत्रमा महत्वपूर्ण अनुसन्धान भएका छन् तर त्यो कृषकसमक्ष नपुगेको गुनासो गर्नुभयो । त्यसले गर्दा उत्पादनमा प्रभाव परेको उहाँले बताउनुभयो ।
बाह्रबिसे सबस्टेसन निर्माणमा तीव्रता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ । दुई महिनाभित्र सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ग्यास इन्सुलेटेड (जिआइएस) प्रविधिमा आधारित सो सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् भने २२०/१३२ केभी, १६० एमभिए र १३२/११ केभी, पाँच एमभिएका पावर ट्रान्सफर्मरहरू पनि राखिसकिएको र नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेको प्राधिकरणले जनाएको छ ।
तयारी पोसाकको निर्यातमा सुधार
मुलुकबाट अधिकांश वस्तुको निर्यात घटिरहेका बेला तयारी पोसाकको निर्यातमा भने सुधार आएको छ । कोभिडपछि घट्दै गएको निर्यात चालु आर्थिक वर्षमा आएर सामान्य वृद्धि भएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएकाले चालु आवको छ महिनामा पाँच अर्ब रुपियाँबराबरको तयारी पोसाकको निर्यात भएको तथ्याङ्कले देखाएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुस महिनासम्म तयारी पोसाकको निर्यात १६ प्रतिशतले बढेर चार अर्ब ९७ करोड १६ लाख रुपियाँबराबरको ७४ लाख ४० हजार थान तयारी पोसाक निर्यात भएको छ ।
नेपालगन्ज नाकाबाट प्लाइउड निर्यात बढ्यो : ६ महिनामा १४ करोडको निकासी
नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा यो नाकाबाट तीन करोड २५ लाख २३ हजार रुपियाँको प्लाइउड निर्यात भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १३ करोड ९४ लाख ५० हजार रुपियाँको निर्यात भएको छ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ३१ अङ्कले घटेर दुई हजार ६१ दशमलव ७० को बिन्दुमा कायम भएको हो ।
कृषि पेसामा रमाउँदै धर्मराज : व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले विसं २०७८ मा ‘विजय अग्र्यानिक भिजेल कम्पनी प्रालि’ मार्फत आफ्नै गाउँमा कृषि फार्म सुरु गर्नुभएको थियो ।
उखु किसानलाई हप्ता दिनमै भुक्तानी
सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु किसानलाई हप्ता दिनभित्रै भुक्तानी दिन थालेको छ । प्रायः बेलैमा भुक्तानी दिएर अरू चिनी उद्योगभन्दा अलग्गै छाप बनाएको इन्दुशङ्करले यो वर्ष उखु बुझाएको हप्ता दिनभित्रै बैङ्क खातामा पैसा हाल्दिएपछि उखु किसान खुसी भएका छन् । इन्दुशङ्करका उखु प्रबन्धक योगनारायण रजकले किसान महासङ्घसँग ३० देखि ४५ दिनभित्र भुक्तानी गर्ने सहमति भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी दिइरहेको बताउनुभयो ।
तेह्र वर्षदेखि अलपत्र जलविद्युत् आयोजनाको काम सुचारु
विगत १३ वर्षदेखि अलपत्र अवस्थामा रहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको काम सुचारु भएको छ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादनपश्चात् सरकारलाई ६२ करोड रुपियाँ तिर्ने गरी आयोजना सकारेपछि अलपत्र आयोजनाको काम सुचारु भएको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निर्माणको एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको छ । ४.०५ मेगावाट क्षमता रहेको आयोजनाको तीन हजार तीन मिटर लम्बाइको सुरुङ निर्माण हुनुपर्नेमा सोमध्ये दुई हजार चार मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको थियो ।