करिब दुई करोड नक्कली नोटमा एनआइसी एसिया बैङ्कको ट्याग !
सोमबार सुनसरीको इनरुवामा बरामद गरेको करिब दुई करोड बराबरको नक्कली नोटमा एनआइसी एसिया बैङ्कको लोगोसहितको कागज (ट्याग) प्रयोग भएको भेटिएको छ ।
राजस्व र खर्चको अनुमान घटाइयो
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै राजस्व र खर्चको अनुमान घटाएको छ । चालू आर्थिक वर्षका लागि सुरुवाती विनियोजित बजेटको ८७ दशमलव ३८ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च गर्ने गरी संशोधित अनुमान गरिएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा उकालो लागेको छ ।
एक सातादेखि घट्दै सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो । लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा एक हजार पाँच सय रुपियाँले कमी आएको हो । एक साताको अवधिमा सुनको मूल्य निरन्तर घट्दै गएको तथ्याङ्कले देखाएको छ । महासङ्घका अनुसार गत साता प्रतितोला एक लाख १९ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर एक लाख १८ हजार रुपियाँमा कारोबार भएको हो ।
नेपालमा बाली प्रजनकको अभाव
नेपालमा बाली प्रजनकको जनशक्ति कम रहेकाले बाली प्रजननका लागि गर्नुपर्ने अध्ययन तथा कार्य हुन नसकेको सरोकारवालाहरूले जनाएका छन् । किसानले रैथाने बिउ छाडेर उन्नत जातका बिउ प्रयोगमा ल्याउन थालेको अवस्थामा बाली प्रजननको महत्व अझै बढेको जनाउँदै उनीहरूले प्रजनकको सङ्ख्यामा वृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । आइतबार आयोजित ‘नेपालमा बाली प्रजनन र आनुवंशिकीको दृष्टिकोण र रणनीति’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सो कुरामा जोड दिएका हुन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैङ्क) का अनुसार देशभर करिब ९० जनाको हाराहारीमा मात्र बाली प्रजनक सङ्ख्या रहेको छ ।
उडान विस्तार अभियानमा निगम
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका गन्तव्यमा प्रतिस्पर्धा गर्न चालु आर्थिक वर्ष २०८०/८१ भित्रै जहाजको सङ्ख्या ११ वटा पुर्याउने तयारी गरेको छ । हाल अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई वटा जहाज रहेको निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने तयारी अनुसार दुई वटा न्यारोबडी भाडामा लिने तयारी गरिरहेको छ भने आन्तरिकतर्फ स्टल रुट (दुर्गम गन्तव्य) मा उडान गर्न तीन वटा जहाज खरिद प्रक्रियाको मूल्याङ्कन भइरहेको छ ।
खाद्य कम्पनीसँग छैन खाद्यान्नको मौज्दात
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग खाद्यान्नको मौज्दात सकिनै लाग्दा जोखिमपूर्ण अवस्थामा पुगेको देखिएको छ । भैपरी आउने प्राकृतिक प्रकोप, बाढीपहिरो, भूकम्प जस्ता विपत्तिमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन पर्याप्त मात्रामा खाद्यान्न मौज्दात राख्नुपर्ने व्यवस्था भए पनि कम्पनीसँग न्यून मात्र खाद्यान्न मौज्दात रहेको छ । समयमा खाद्यान्नको मौज्दात पर्याप्त राख्न नसक्दा आपत्कालीन अवस्था आइपरे खाद्यान्नको अभाव हुने देखिएको छ । कम्पनीको मुलुकभर रहेका अधिकांश गोदाम खाली छन् ।
अर्थतन्त्र लयमा फर्किसक्यो : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताउनुभएको छ ।
नेप्से परिसूचक ओरालो यात्रामा
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रको मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य ९० प्रतिशत पुरा भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायी रूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भई काम अन्तिम चरणमा पुगेको हो ।
खानेपानीको महसुल उठ्न सकेन
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।
पाकिस्तानको बौद्ध सम्पदाको प्रचार नेपालमा
पाकिस्तानमा रहेका बौद्ध सम्पदाबारे नेपालका पर्यटन व्यवसायीलाई जानकारी गराउने उद्देश्यले युवा बौद्ध सङ्घ र नेपालस्थित पाकिस्तान दूतावासको आयोजनामा वृत्तचित्र प्रदर्शनी सम्पन्न भयो ।
बजेट कार्यान्वयनमा सामान्य सुधार
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (कात्तिक–पुस) सम्म बजेटमा व्यवस्था गरिएका कार्यक्रमको कार्यान्वयनमा सामान्य सुधार देखिएको छ । नेपाल उद्योग परिसङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको एक अध्ययनले गत आवको तुलनामा बजेटको कार्यान्वयनले केही गति लिएको देखिएको हो ।
सूचीकृत कम्पनीमा विदेशी लगानी स्वीकृत गर्नु नपर्ने
धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सूचीकृत कम्पनीमा विदेशी लगानी गर्न आफ्नो स्वीकृति नचाहिने व्यवस्था गरेको हो । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ को तेस्रो संशोधनमार्फत राष्ट्र बैङ्कले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैङ्कको स्वीकृति नचाहिने व्यवस्था गरेको हो ।
लम्की साङ्गीतिक महोत्सवको आयव्यय सार्वजनिक
लम्की साङ्गीतिक महोत्सव तथा व्यापार मेलाको आयव्यय सार्वजनिक गरिएको छ । आज सामुदायिक रेडियो पश्चिम आवाजको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको आयव्यय सार्वजनिक गरिएको हो ।
बालीको रोग पत्ता लगाउने एप्स
संयुक्त राष्ट्र सङ्घको कृषि र खाद्य सङ्गठन (एफएओ) ले टेलिप्लान्ट डाक्टर नामको एप्स किसानसमक्ष ल्याएको छ । एफएओका कार्यक्रम विज्ञ अरुण जिसीका अनुसार हाल आलु र गोलभेँडामा लाग्ने रोगहरूको विश्लेषण गरेर राखिएको छ । सो एप्समा हाल विभिन्न १० वटा रोगका बारेमा विश्लेषण गरेर राखिएको छ ।
व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता
मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् ।
बाली सुक्न थालेपछि कृषक चिन्तामा
यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका हुन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।
उपभोग्य वस्तुको भाउ बिस प्रतिशतले बढ्यो
पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।
दुई खर्बले बढ्यो कर्जा
चालु आर्थिक वर्ष २०८०/८१ को छ महिना बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ९२ अर्ब ६४ करोड रुपियाँ (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ३७ अर्ब ३३ करोड रुपियाँ (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
आगामी बजेट रोजगारी सिर्जनामा केन्द्रित हुनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।
बजेटमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन् : मन्त्री भुसाल
चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताउनुभयो ।
आमा समूहद्वारा सामूहिक आलुखेती
परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् ।