लगानीमैत्री वातावरण बनाउन कानुन संशोधन
आगामी वैशाखमा लगानी सम्मेलन गर्ने तयारीमा जुटेको सरकारले तीन महिना बाँकी रहँदा लगानीका व्यवधान मानिएका विभिन्न ऐनका व्यवस्था संशोधन तथा खारेजीका लागि संसद्मा संशोधन विधेयक ल्याउने भएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बिहीबार सम्पन्न बैठकले सरकारले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन र त्यसमाथि लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकको सुझावसमेत समेटेर संसद्मा विधेयक पेस गर्ने निर्णय गरेको हो ।
तरकारीको हब बन्दै लालबन्दी
सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारबाट छ महिनामा ७३ करोड रुपियाँभन्दा बढीको तरकारी निकासी भएको छ । तरकारी व्यापारको हब बन्दै आएको लालबन्दीको कृषि थोक बजार व्यवस्थापन समितिको आँकडा अनुसार गएको साउनदेखि पुससम्म यहाँबाट देशका विभिन्न बजारमा ७३ करोड ८२ लाख ६४ हजार १२५ रुपियाँको तरकारी निकासी भएको हो । यहाँका किसानले छ महिनामा गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खुर्सानी, परबल, झिँगनी, घिरौँलालगायतका हरियो तरकारी बिक्री गरेर त्यति रकम आम्दानी गरेका कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा उजुरी बढे, आफन्त र एजेन्टबाटै ठगी
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् । पछिल्लो पटक त वैदेशिक रोजगारीका नाममा ठगिएँ भनेर उजुरी गर्नेको सङ्ख्या उच्च दरमा बढेको छ । योसँगै पछिल्लो पटक मुद्दा फस्र्योटको दर पनि बढेको छ ।
भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट छैन
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भएपनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो ।
भारतको पर्यटन मेलामा नेपालको सहभागिता
भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट ९ओटिएम० मेलामा नेपालले सहभागीता जनाएको छ ।यसअघि नेपाल पर्यटन वोर्डले सहभागीता जनाउँदै आएको उक्त पर्यटन मेलामा यसवर्ष भने ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले भाग लिएको हो । उक्त तीनदिने मेलामा टानमा आबद्ध टानसहित २५ व्यवसायी कम्पनीले सहभागिता जनाएको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।
तिस करोडको सुन्तला बिक्री
सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्गे आम्दानी गर्दै आएका छन् । यस वर्ष मूल्य र उत्पादन बढेपछि किसान खुसी भएका छन् । यो वर्ष यहाँका कृषकले ३० करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका छन् । खेती विस्तार भएकाले गत वर्षभन्दा चार करोड रुपियाँभन्दा बढीको सुन्ताला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार ६८७ हेक्टरमा खेती गरिएकामा नौ हजार ८०६ मेट्रिक टन सुन्तला उत्पादन गरी २६ करोड आम्दानी भएको थियो । यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानी वृद्धि भएको पाइएको सूचना अधिकारी परियारले बताउनुभयो ।
स्टार्टअप कर्जा राष्ट्रिय वाणिज्य बैङ्कबाट
स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार त्रिपक्षीय सम्झौता भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैङ्कले स्टार्टअप कर्जा दिने भएको छ ।
रङ्गीन काउलीप्रति किसानको आकर्षण: नेपालमा छैन अनुसन्धान
सिराहाको लहानका किसान रतन साह रङ्गीन काउली बेच्दा उपभोक्ताको चित्त बुझाउनमै हैरान हुनुहुन्छ । उहाँले आफ्नो पाँच धुर बारीमा लगाउनुभएको रङ्गीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको भिड हुन्छ भने खरिद गर्न उपभोक्ता हिचकिचाउने गरेका छन् । कसैले स्प्रे गरेर रङ्गीन गरेको भनेका हुन्छन् भने कसैले रङ लगाएर यस्तो बनाइएको आशङ्का गर्छन् । कतिपयले त धारामा लगेर काउली धुन पनि लगाएका छन् । सबै जाँच गरेपछि मात्र उपभोक्ताले रङ्गीन काउली किनेको अनुभव साहसँग छ ।
मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थित बनाउने मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित
सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक पारित गरेको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन अनुसार प्रतिनिधि सभाले बुधबार विधेयक पारित गरेको हो । गत असोज २४ गते नै समितिले प्रतिवेदन पारित गरे पनि अघिल्लो अधिवेशनमा पारित हुन सकेको थिएन । चालु अधिवेशनमा प्रतिनिधि सभाले पारित गरेको यो पहिलो विधेयक हो ।
अप्टिकल फाइबरको अड्चन फुक्यो
युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । देशैभर तीव्र गतिको इन्टरनेट पुर्याउने उद्देश्यसाथ करिब दस अर्ब लगानीमा मध्यपहाडी लोकमार्गलाई आधार बनाएर सबै जिल्लाका सदरमुकामसम्म फाइबर सञ्जाल विस्तार गर्ने सरकारको योजना छ । तर सो काम लुम्बिनी र गण्डकी प्रदेशमा सुरु हुनै सकेको छैन । ती दुई प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का पाएको युटिएलका कारण यो परियोजना अलपत्र परेको हो ।
पर्सामा बढ्यो प्याजको तस्करी
पर्सा जिल्लाका विभिन्न नाका भएर पछिल्लो समयमा प्याजको तस्करी बढेको छ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ को विन्दुमा कायम भएको हो ।
राजस्व लक्ष्य भेट्ने काम गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीलाई कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्न निर्देशन दिनुभएको छ। बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘‘राजस्वको लक्ष्य भेटाउन कर्तव्यनिष्ठ र समर्पित भएर काम गर्नुहोस्।’’
स्टार्टअप कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता
स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोशबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ : अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कँदै गएको बताउनुभएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताउनुभएको हो ।
लहानका किसान रतन साहले फलाए रङ्गीन काउली
सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।
अमरपुर–ढुङ्गेसाँघु प्रसारण लाइन निर्माण सुरु
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु भएको छ । झापाको लखनपुर (दमक सबस्टेसन) देखि अमरपुर सबस्टेसनसम्मको काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी कोरिडोर २२० केभी प्रसारण लाइनलाई एकआपसमा आबद्ध गर्न यो लाइन निर्माण सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कोशी कोरिडोर अन्तर्गत वसन्तपुर–इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर–ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली कोरिडोर सञ्चालनमा छ ।
बजार अनुगमन जारी, प्रभाव न्यून
सरकारले नियमित बजार अनुगमन गरिरहे पनि बजारको अवस्था सुध्रिएको छैन । बरु पछिल्ला दिनमा व्यवसायिक फर्मबाट बदमासी हुने क्रम बढेको छ । अनुगमनको जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएमा ठुला र सानालाई एउटै प्रकृतिको जरिबाना भएकाले ठुला फर्मबाट गलत गर्ने क्रम बढेको हो । विभागको अनुगमन टोलीले सोमबार मात्रै ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेकी मिनाक्षी खाद्य उद्योगमा सिलबन्दी गरेको छ । विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि विभागले उक्त उद्योगमा सिलबन्दी गरेको हो । गोप्य सूचनाका आधारमा विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा उक्त उद्योगमा अनुगमन गरी सिलबन्दी गरियो ।
छ महिनामा भित्रियो सात खर्बभन्दा बढी रेमिट्यान्स
छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार छ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको हो ।
प्रत्यक्ष विदेशी लगानीमा सुधार
मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म चार अर्ब ५३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ७४ करोड ९४ लाख रुपियाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ ।
साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्डर रद्द
यातायात व्यवस्था विभागले साढे १६ लाख स्मार्ट कार्ड खरिदका लागि गरेको टेण्टर आह्वान रद्द गरेको छ।
अर्थतन्त्रका सूचकमा सुधार आएको छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभएको छ। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै महतले अर्थतन्त्रका धेरै सूचांकमा सकारात्मक परिवर्तन आएको दाबी गर्नुभएको हो।
नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ बिन्दुमा कायम भएको छ ।