• ७ मंसिर २०८१, शुक्रबार

एसियन लाइफले हकप्रद सेयर जारी गर्ने

blog

काठमाडौँ, माघ २२ गते । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर वितरणपश्चात् हकप्रद सेयर पनि जारी गर्ने भएको छ ।

कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । चुक्ता पुँजी पाँच अर्ब पुर्‍याउन लाभांशपश्चात् ४२ प्रतिशत अर्थात् एक कित्ता सेयरबराबर ०.४२ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात् ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घोषणा गरेको हो ।