एनआरएनएको महाधिवेशन राष्ट्रपति पौडेलबाट उद्घाटन (प्रत्यक्ष प्रसारण)
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । महाधिवेशन कात्तिक ३ गतेसम्म चल्ने छ ।
गैर आवासीय नेपाली नेपालका गैर आवासीय दूत हुन्: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरू नेपालका गैर आवासीय दूत भएको बताउनुभएको छ ।
एनआरएनएको महाधिवेशनको आजदेखि, अध्यक्षमा चार प्रतिस्पर्धी
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको पर्यावरण तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो ।
इजरायल–गाजा द्वन्द्व समाधानका लागि रूसको आह्वान
रूसले इजरायल–गाजा द्वन्द्वमा ‘तत्काल युद्धविराम’ का लागि सोमबार पुनः आह्वान गर्दै शत्रुता अन्त्यका लागि वार्ता सुरु गर्न नेताहरूलाई आग्रह गर्नुभएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा
जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सिचुवान प्रान्तको छेन्दु आइपुग्नु भएको छ ।
मुम्बईमा प्रिमियर हुँदै ‘चिसो घर’
मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड प्रिमियर) का लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ ।
बीआरआईको तेस्रो सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्नुहुँदै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन(बीआरएफ)’ मा सहभागी हुन आज सोमबार चीन जानुभएको छ ।
इजरायलमा पाँच नेपाली विद्यार्थीको शव प्राप्त
इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।
गाजा युद्ध : अनुमानित १० लाख मानिस विस्थापित
जेरुसेलम, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भन्नुभयो, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।’’प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुराउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस, एएफपी
राष्ट्रपतिसँग चीनका राजदूतको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गर्नुभएको छ ।
स्वदेश फर्किन तीन सयको निवेदन
इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको सङ्ख्या बढिरहेको छ ।
विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने
विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।
मध्यपूर्वको शान्तिका लागि ‘प्रभाव’ प्रयोग गर्न चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनलाई मध्यपूर्वमा शान्ति कायम गर्न आफ्नो ‘प्रभाव’ प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
पोल्याण्डमा नयाँ राहदानीका लागि २४९ जनाको आवेदन
बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।
नेपालगन्ज–लखनउ सिँधा बस सेवा सुरु हुँदै
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जलाई भारत उत्तरप्रदेशको राजधानी लखनउसँग प्रत्यक्ष सम्पर्क जोड्नका लागि नेपाली यातायात व्यवसायीले बस सेवा सञ्चालन गर्न लागेका छन् ।
माथिल्लो अरुणलाई सहुलियतपूर्ण ऋण दिन विश्व बैङ्क सकारात्मक
माथिल्लो अरुण जलविद्युत आयोजनामा एक खर्ब ३० अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैङ्क सकारात्मक भएको छ ।
‘गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउँछु’
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीका अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने घोषणा गर्नुभएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू विजयी भएमा कार्यकालभर जुटेको एनआरएन बन्ने उहाँको भनाइ थियो । अध्यक्षको कार्यकाल २४ महिनाको हुने र सो अवधिका लागि २४ वटा कार्यक्रमको खाका बनाएको उहाँले जानकारी दिनुभयो । “त्यति मात्र होइन, प्रत्येक तीन महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु,” उहाँले भन्नुभयो ।
जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन
सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ ।
‘लर्न एन्ड अर्न’ कार्यक्रम निर्णय हुन बाँकी
विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरिसकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक निर्णय गर्न भने बाँकी नै छ । इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह हमासले गत शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाए भने अहिलेसम्म एक जना बेपत्ता छन् । यस वर्ष एकै पटक २६५ जना विद्यार्थीलाई सो कार्यक्रममा पठाइएको थियो ।
भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ’
कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो ।
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति
नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनः स्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो ।
शान्ति सेनामा कङ्गोमा तैनाथ राईको निधन
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता
संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनुभएका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बेलायतको परराष्ट्र मन्त्रालयसहित बेलायत प्रहरीका उच्च अधिकारीसँग द्विपक्षीय भेट गर्नु भएको छ ।