• १४ असार २०८१, शुक्रबार

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुँदै चीनका उपविदेशमन्त्री सुन वेइतोङ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारमा सोमबार भएको भेटमा उहाँहरूबिच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नतिि हुने उद्देश्य राखेको उल्लेख गर्नुहुँदै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताउनुभयो ।


जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराउनुभयो । उहाँले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा भाग लिन आज नेपाल आउनुभएको हो ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छैन सङ अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।


लगायतका उच्च