किन पाप पखाल्न आउँदैन पवित्र छायाँनाथमा
काठमाडौको पशुपतिनाथ, मुस्ताङको मुक्तिनाथ र भारतको केदारनाथसँगैको अर्को नाम हो छायाँनाथ । हिन्दुधर्मका यी महत्वपूर्ण चार धाममध्येको छायाँनाथ भने अरुभन्दा ओझेल परेको छ । नेपालकै दुर्गम मुगु जिल्ला त्यस माथिपनि मुगुको पनि दुर्गम क्षेत्रमा अवस्थित छ छायाँनाथ ।
सङ्घीयता अनुकूल सांस्कृतिक नीति बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सङ्घीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
काठमाडौँको रैथानेका रुपमा व्यवहार गर्न नगरप्रमुख वालेन्द्र साहको आग्रह
काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले काठमाडौं महानगरका ६३ वटा टोल गुठीका थकाली र गुरुहरुलाई सम्मान गर्नुभएको छ ।
भानुभक्तको घर भग्नावशेषमा परिणत
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका –४ स्थित घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखिएको भएपनि आगोलागीले खण्डहर भएको वर्षौं बितेपनि पुनरनिर्माण हुन सकेको छैन ।
भानु जयन्ती : गण्डकी प्रदेशमा सार्वजनिक बिदा
तनहुँ, असार २८ गते। आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।प्रदेश सरकार मन्त्रिपरिषद्को गत चैतमा बसेको बैठकले भानु जयन्तीमा बिदा दिने निर्णय गरी राजपत्रमा सूचना प्रकाशित गरेको थियो। प्रदेश सरकारले भानु जयन्तीसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो।तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनुभएका आचार्यको जन्मजयन्ती मनाउन चुँदीरम्घामा विविध कार्यक्रमको आयोजना गरिएको छ। विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो। नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त बाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ।मोतिराम भट्टले उहाँलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिनुभएको थियो। भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा लगायतका कृति लेख्नुभएको छ, भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यिमा चिनिनुभएको थियो। रासस
मायादेवी मन्दिरमा १८ वर्षदेखि चुहिन्छ पानी, संरक्षणमा हुन्छ किन आनाकानी
छतबाट पानी चुहिन थालेपछि लुम्बिनीस्थित मायादेवी मन्दिर मर्मत तथा संरक्षणको काम अघि बढाइने भएको छ । लुम्बिनी विकास कोष, पुरातत्व विभाग, विश्व सम्पदा शाखाका पदाधिकारी एवं प्राविधिकसहितको टोलीले संरक्षणको काम कसरी गर्ने भन्नेबारेमा स्थलगत अनुगमन समेत गरेका छन् ।
पशुपति क्षेत्रमा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन
काठमाडौं, असार २६ गते। काठमाडौंको पशुपति क्षेत्रमा दुई दिने राष्ट्रव्यापी सनातन धर्म सम्मेलन आइतबारदेखि सुरु भएको छ। राष्ट्रिय सनातन धर्म संस्कृत महासंघद्वारा आयोजित सो सम्मेलनको पूर्व उपप्रधानमन्त्री एवम् राप्रपा नेपालका अध्यक्ष कमल थापाले उद्घाटन गर्नुभएको हो।उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष थापाले नेपालको गुमेको हिन्दू राष्ट्रको पहिचान छिट्टै पुनःस्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले वैदेशिक शक्तिको बलमा जवर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताउनुहुँदै नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनःस्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दू, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पूर्ण सम्प्रदाय एकजुट हुनुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पार्नुभयो भने कार्यक्रममा सम्मानित विशिष्ट अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीको मुख्यस्थल भएको चर्चा गर्नुहुँदै सबै जागरुक हुनुपर्ने बताउनुभयो। बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लोकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारी लगायतले आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा प्रतिनिधिका रुपमा करिब ६० जिल्लाका धार्मिक अगुवा सहभागी हुनुहुन्छ। कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ ,प्रा. डा. सोमप्रसाद खतिवडा, संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक सस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिनुभयो। कार्यक्रम सोमबारसम्म चल्नेछ।
नेपालगञ्जमा इद धूमधाम मनाइयो
इस्लाम धर्मावालम्बीको दोस्रो ठूलो पर्व इद–उल–अजाह (बकराइद) बाँकेमा धूधामका साथ आइतबार मनाइएको छ। तीन दिनसम्म मनाइने यो पर्वलाई कुरबानी र बलिदानको पर्व पनि भनिन्छ।
परम्परागत पहिरन संरक्षणमा महिला
परम्परागत पहिरन लुगाफाटा र गरगहनाको संरक्षणमा लामा समुदायका स्थानीय महिला लाग्नुभएको छ । लामा सांस्कृति झल्कने पहिरन लोप हुन लागेपछि लामा समुदाय नै उक्त पहिरनको संरक्षणमा लाग्नुभएको हो । सिमकोट गाउँपालिका–३ को लिमाटाङ गाउँकी पेमा लामाले परम्परागत संस्कृति झल्कने लामा समुदायका महिलाले लगाउने पहिरनको संरक्षणमा लागेको बताउनुभयो ।