कगं अजिमा तःगुठी भवन निर्माण हुने
काठमाडौंको कङ्केश्वरी (कंगः अजिमा)स्थित कगं अजिमा तःगुठी भवन निर्माण हुने भएको छ । शनिबार यहाँस्थित काठमाडौं महानगरपालिकाका निर्वतमान प्रमुख विद्यासुन्दर शाक्यले भवन निर्माण गर्नुपूर्व गरिएको क्षमा पुजामा भाग लिनुभयो ।
भजन कीर्तन सामग्री हस्तान्तरण
बागमती प्रदेशका सभामुख सानु श्रेष्ठले लोक संस्कृतिको संरक्षण र विकासमा बागमती प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनु भएको छ ।
विद्युत प्राधिकरण परिसरमा ढुङ्गेधारा उत्खनन हुने
नेपाल विद्युत प्राधिकरण, केन्द्रीय कार्यालय परिसरमा पुरानो ढुङ्गेधारा उत्खनन गर्नुपर्ने माग सम्पदा अभियन्ताहरूले राखेका छन् ।
माथिल्लो मुगुको कार्मारोङ क्षेत्रको गुम्बा संरक्षणको पर्खाइमा
माथिल्लो मुगु (कार्मारोङ) जिल्लाको उत्तरी क्षेत्रमा रहेको मुगमकार्मारोङ गाउँपालिकामा रहेका गुम्बाहरु भग्नावशेषमा परिणत भएका छन् । ती गुम्बाहरु १५ औं शताब्दीमा निर्माण भएको बताइएको छ । त्यहाँ मौलिक ऐतिहासिक सम्पदाका चित्रहरु रहेका छन् ।
आइतबार सार्वजनिक बिदा
सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
मातृभाषा पत्रकारितालाई सहयोग गर्न आग्रह
बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न मातृभाषी पत्रकारले सरकारसँग आग्रह गर्नुभएको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको भन्दै सो क्षेत्रमा कार्यरत पत्रकारले सरकारसँग सो माग गर्नुभएको हो । नेवाः पत्रकार राष्ट्रिय दबूले मंगलबार यहाँ आयोजना गरेको मातृभाषा पत्रकारिता दिवस कार्यक्रममा मातृभाषी पत्रकारले सो माग गर्नुभयो ।
‘महाकाली नाच्दा पिटाइ पनि खानुपर्यो’
असत्यमाथि सत्यको जित देखाउने नाचको रुपमा भक्तपुरको ‘महाकाली प्याखँ’ अर्थात् महाकाली नाचलाई लिने गरिन्छ।
भोजभतेरमा नेवारी पहिरन हाकुपटासी
भोजभतेर तथा पार्टीमा जाँदा कस्तो लुगा लगाउने प्रश्नमा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने उत्तर आउँछ । तर भक्तपुरका नेवारी समुदायका युवती तथा महिला भने आफ्नो संस्कृतिलाई बचाउनुपर्ने उद्देश्यका साथ कुनै पनि भोजभतेर वा पार्टीमा जाँदा हाकुपटासी (कालो फरिया) लगाउने फेसन चलेको छ ।
होमस्टेबाट महिलाको जीवनस्तरमा परिवर्तन
नवलपुर जिल्लामा पछिल्लो समय होमस्टे अर्थात घरवासबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रतिको आर्कषण बढ्न थालेको छ । होमस्टे सञ्चालनमा सुरुका दिन स्मरण गर्दै अमलटारी मध्यवर्ती होमस्टेका सहव्यवस्थापक पिङकी महतो गाउँघरमा महिलाको जीवनस्तरमा होमस्टेले ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।