खुसियाली मनाउन नमिल्ने ठेचो जात्रा
गोदावरी नगरपालिका–१२, ठेचोमा नवदुर्गा भवानी देवीको मन्दिरको ढोकामा ताल्चा मारेसँगै बाह्रवर्षे जात्रा मनाइरहेका छन्। घण्टाकर्ण (गथामुगः चह्रे)को राति देवी मन्दिरको ढोकामा ताल्चा लगाएलगत्तै मेला तथा जात्रा सुरु भएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो। उहाँले जात्रा चैतमा समाप्त हुने जानकारी दिँदै बन्द मन्दिरको ढोका अगाडि पूजा गरी जात्रा मनाउने परम्परा छ, भन्नुभयो।
आज नागपञ्चमी पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलबार (आज) परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
युवतीमा हरियो चुरा र मेहदीको बढ्दो फेसन
हरियो चुरा र मेहदी लगाउने संस्कृतिले नेपाली किशोरी, युवती होस् या वयस्क, सबैलाई छोएको छ। खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहदी लगाउँछन्। पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहदी र चुरा हिजोआज सबैजसो महिला र युवतीका लागि फेसनजस्तो भएको छ। हरियो चुरा र मेहदीको बढ्दो फेसनले हिजोआज विशेष गरी कम उमेर समूहका महिलालाई पनि ह्वात्तै समेटेको छ। हरेक प्रकारको फेसनमा लगाउन मिल्ने भएकाले पनि कम उमेरका महिलाहरू साउन महिनाको संस्कृति हरियो चुरा र मेहदीमा आकर्षित भएका हुन्।
खीर खाने परम्परा खुसियालीको प्रतीक
हरेक वर्ष साउन १५ गते खीर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ। आइतबार साउन १५, घर–घरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ। नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिविद्हरू बताउनुहुन्छ।
अयोध्यामा नेपालमै निर्मित धनुष
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थ क्षेत्र सहमत भएको छ। अयोध्या भ्रमणमा रहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले सहमति जनाएको निधिको सचिवालयले जनाएको छ। रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएको पनि निधिको सचिवालयले जनाएको छ।
एक महिने गुँला पर्व आजबाट सुरु
काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
उपत्यकामा बाजाले गुञ्जायमान हुने पर्व
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ। नेपाल संवत्अनुसार दसौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा.चुण्डा बज्राचार्यले जानकारी दिनुभयो।
संस्कार–संस्कृतिको प्रतिक नाटक ‘खुवालुङ’ (फोटो फिचर)
खुवाको अर्थ नदीको पानी हो भने लुङको अर्थ ढुंगा। दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणी जलसायमा अवस्थित विशाल ढुंगालाई मुन्दुम मान्यता र विश्वासमा राख्ने गरिन्छ।
परम्परागत भकारी राख्ने चलन हराउँदै
तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।