कर्णालीमा आपराधिक घटना बढ्दै : छ जनाको ज्यान गयो, ३१ पक्राउ
गत शुक्रबार बिहान मुगुमा चार जनाको शव फेला पर्यो । छायाँनाथ रारा नगरपालिका– ६ मन्दुमा शव फेला परेका हुन् । उनीहरूको हत्या भएको आशङ्का गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाले बताउनुभयो ।
सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटबाट ज्येष्ठ नागरिकको मृत्यु
रुकुमपश्चिममा कुटपिटबाट गम्भीर घाइते हुनुभएका एक ज्येष्ठ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । घाइतेको मृत्युपछि कुटपिट गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका व्यक्ति पक्राउ
बाँके प्रहरीले तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
छोराद्वारा बुबाको हत्या
कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लाइकपुरका गणेश चौधरीले आफ्नो बुबा हिरासिंह चौधरीको हत्या गरेका हुन् ।
मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको नक्कली कर्मचारी पक्राउ
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै बाँकेको विभिन्न सरकारी कार्यालय तथा सङ्घ संस्थामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
एक लाखसहित १२ जुवाडे पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । टहरामा जुवा खेलिरहेको अवस्थाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।