एक लाख लुटेर भाग्दै गरेका दुई युवा पक्राउ
दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनको तस्करी नियन्त्रणका सूचना र सुझाव माग
सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिकजसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आव्हान गरेको हो ।
ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान
बलात्कार आरोपमा पक्राउ परेका ओखलढुङ्गाको सुनकोशी गाउँपालिका –१० का वडाध्यक्ष छविरमण धमला पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
महिला मृत अवस्थामा फेला
रुकुमपश्चिमको सदरमुकाम मुसीकोट खलङगाको एक होटलमा एक महिलाको शव फेला परेको छ । मुसीकोट नगरपालिका–१ मा रहेको होटेल सत्कारमा महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नापी कार्यालयका सर्वेक्षक एक लाख बढी घुससहित नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुर र विचौलिया उमेश यादवलाई घुससहित नियन्त्रणमा लिएको छ ।
हमाससँग १२६ जना बन्धक भएको इजरायलको दावी
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।
रेशम महरालाई थुनामा पठाउन आदेश
विद्युतीय चुरोट (भेप) मार्फत अवैध रुपमा सुन तस्करी तथा बिक्री प्रकरणमा परेका राहुल भनिने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।
बहुमुल्य सामान भनी ठगी गर्ने समूहका छ जना पक्राउ
प्राचीन तथा पुरातात्विक बहुमुल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर नगद ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।