कारागारबाट भारुसहित मोबाइल बरामद
कैलाली कारागारभित्र अवैध सामग्री भित्रिने गरेको गुनासो बढेपछि अनुगमन गरिएको छ । कारागार व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार प्रशासनको संयुक्त टोलीले अनुगमन गरेको हो ।
दुई करोड ३३ लाख मूल्यको लागू औषधसहित १० जना पक्राउ
प्रहरीले पछिल्लो दुई सातामा रु. दुई करोड ३३ लाख बढी बजार मूल्य रहेको अवैध लागू औषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
राष्ट्रपतिबाट प्रमाणीकरण नागरिकता विधेयकलाई प्रथम दृष्टिमै अवैधानिक भन्न नमिल्ने (सर्वोच्चको आदेशसहित)
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकलाई प्रथम दृष्टिमा अवैधानिक भन्न नमिल्ने बताएको छ ।
लागूऔषध कारोबार गर्ने पाँच विदेशीसहित १२ पक्राउ
नेपाल प्रहरीले अवैध लागूऔषध कारोबार गर्ने पाँच विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अवैध लागुऔषधसहित पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साढे १५ केजी चरेससहित एकजना पक्राउ
सशस्त्र प्रहरीले साढे १५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेससहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व भ्रष्टाचार मुद्दा
ओखलढुङ्गाको मोलुंग गाउँपालिका २ का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व तीन लाख ८२ हजार ५० रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
प्राधिकरणका तत्कालीन इन्जिनियरविरुद्ध एक करोड ४२ लाखको भ्रष्टाचार मुद्दा
नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार ५५० रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
ह्युमपाइपभित्रै चोर गायब
मोटरसाइकल चोरीमा संलग्न एक युवक प्रहरीले पिछा गरेपछि भागेर ढलको पानी बग्ने ह्युमपाइपभित्रै गायब भएका छन्। आइतबार दिउँसो काठमाडौँको सेतोपुलमा मोटरसाइकल चोरी गरी भागेका व्यक्तिलाई प्रहरीले मैतिदेवी, सेतोपुलसम्म पिछा गरेपछि कोरिडोरको पुलमुनि रहेको ह्युमपाइपभित्र छिरेका युवक बेपत्ता भएका हुन्। ट्राफिक प्रहरीले ह्युमपाइपभित्र छिरेका युवकलाई भित्रै छिरेर खोज्ने प्रयास गर्दा उनी पाइपभित्र छिरेर बेपत्ता भएको र खोजिकार्य भइरहेको गौशाला प्रहरीले जनाएको छ।
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाख लिएको स्वीकार
अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारले ४० लाखसम्म लिएको पाइएको छ।
अवैध कपडासहित दुई भारतीय नागरिक पक्राउ
राममणि दाहालहेटौँडा, असार ३ गते । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध कपडासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पूर्व पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सिराहाबाट हेटौँडाका लागि आउँदै गरेको बिआर ०६ जिइ ५०५३ नं. को भारतीय ट्रकबाट भन्सार छलेर ल्याइएको कपडासहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार सार्वजनिक गरेको हो । ट्रक जाँच गर्ने क्रममा प्याजको बोराले छोपेर ल्याएको ९० बोरा कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । कपडासँगै पक्राउ पर्नेमा भारतको पञ्जाव राज्यको लोदियाना जिल्ला रसलपुर ग्राम ७ का ट्रक चालक ३३ वर्षीय रन्जौद सिंह र सहचालक २६ वर्षीय सुधीरकुमार सहनी छन् । प्रहरीका अनुसार बरामद भएको पाइन्ट, सुट, सर्ट, कुर्था र कोरा कपडाको मूल्य एक करोड ५५ लाख ६९७ रुपियाँ छ । प्रहरीलेले कपडासँगै ट्रक र ८४ क्विण्टल प्याजसमेत बरामद गरी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय ललितपुर पठाएको छ ।
हाइसको ठक्करबाट एकको मृत्यु
झापाको कनकाई नगरपालिका –३ सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्गमा आइतवार बिहान हाइसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
चोरको बिगबिगी, नगद र गरगहना चोरी
गुल्मीमा बैङ्क तथा घर तोडफोड गरी नगद र गरगहना चोरी भएको छ । चोरी हुँदा पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
साथीको हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ
हत्या आरोपमा रुपन्देहीको तिलोत्तमाबाट एक युवा पक्राउ परेका छन् । रुपन्देहीको तिलोत्तमा –१६ पूर्व बहियामाका २६ वर्षीय ज्ञानबहादुर कुँवरले आफैसँग बसेका १८ वर्षीय सुमन कुँवरको मङ्गलबार हत्या गरेको प्रहरीले जनाएको छ ।
हँसियाले गर्धन रेटेर १० वर्षीय बालकको हत्या
अर्जुनचौपारी गाउँपालिका -६ सिउडबारीमा धारिलो हतियार प्रहार गरी १० वर्षीय बालकको हत्या भएको छ ।
नेपालगञ्ज उपमहानगर १३ का वडाध्यक्ष घुससहित पक्राउ
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् ।
नक्कली शरणार्थी प्रकरण : पूर्व उपप्रधानमन्त्री रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
सहकारीको रकम हिनामिना गरेको आरोपमा एक जना पक्राउ
इलामको सहकारीमा काम गर्दा ठगी गरेको भन्दै प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका –६ का ४५ वर्षीय वेननिधी पोख्रेल हुन् ।
ठगी आरोपमा वडा अध्यक्ष पक्राउ
कैलाली प्रहरीले ठगीको आरोपमा दार्चुलाको नौगाड गाउँपालिका –४ का वडा अध्यक्ष कृष्णसिंह धामीलाई पक्राउ गरेको छ । कैलालीका टेक कुँवरको उजुरीको आधारमा प्रहरीले गोदावरी नगरपालिकाको अत्तरियाबाट धामीलाई पक्राउ गरेको हो ।
खुकुरीले काटेर श्रीमतीको हत्या गर्ने राई पक्राउ
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका ७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बाल जीत राईलाई प्रहरीले पक्राउ गरेको छ । २८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ ।
औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ
कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।
जबरजस्ती करणी गर्ने बाबुलाई जन्मकैद
आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
७० हजार घुस लिएको आरोपमा वडा अध्यक्ष पक्राउ
धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष वुलन यादव ७० हजार घुससहित पक्राउ पर्नुभएको छ।
नक्कली कागज पेस गरी नागरिकता बनाउने दुई पक्राउ
भारतीय नागरिकलाई नागरिकता बनाइ दिन जिल्ला प्रशासन कार्यालय पाँचथर पुगेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।